back
CTIZAN AD

गाँउको खुशी नै फर्काया तटबन्धले

वि.सं.२०८० साउन १७ बुधवार

1.1K 

shares

मनाङ । हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले समय कटाए ।

बाढीले गाउँको बस्ती नै अन्यत्र सर्नुपर्ने बाध्यता आयो । सबै तहबाट गाउँको बस्ती नै अन्यत्र स्थानान्तरण गर्ने प्रयास भएपनि स्थानीयवासी स्थानान्तरण हुन चाहेनन् र यही गाउँमा बस्नका लागि सुरक्षित वातावरयण बनाउन माग गरे । उनीहरुको माग पनि पूरा भयो । नासों गाउँपालिका–१ तालगाउँकी अञ्जु तामाङ बाढीका कारण आफन्तसँग यति रमाइलो गाउँ बस्ती नै छाडेर जानुपर्छ भनेर आत्तिएको बताईन् ।

उनले भनिन्, “करिब दुई वर्ष पूरा भएपछि हाम्रो खुसी फर्किएको छ, बाढीले बसाइँसराइ गर्न बाध्य होइन्छ कि भनेर आत्तिएका हामी अहिले खुसी छौँ ।” बाढी आएकोे लामो समयपछि तटबन्ध बनाएर अहिले तालगाउँ सुरक्षित बनाइएको तामाङले बताईन् । पदमार्ग हुँदै मनाङ प्रवेश गर्दा पर्यटक तालगाउँमा बास बस्न पुग्दछन् । होटल व्यवसाय गर्दै आएकी अञ्जुले यहाँ होटल व्यवसाय र खेतीपातीका लागि पनि उपयुक्त वातावरण भएको उल्लेख गरिन् ।

“हाम्रो रहनसहन, संस्कार, संस्कृति र परम्परा मनाउँदै आएको ठाउँमै अहिले हामी सुरक्षितभएका छौँ”, उनिले भनिन् , “विशेषगरी पालुङटार कुण्डुटार सिंचाई आयोजनाले तटबन्ध गरी यहाँको बस्तीलाई सुरक्षित बनाउन विशेष भूमिका निर्वाह गरेको छ ।” अन्जुले भनिन्, “गाउँमा नदीको बहाव पस्न सक्ने जतिकै पर्खाल लगाइएको छ, अहिले हामी ढुक्कसँग सुत्छाँैं, पहिलेको जस्तो चिन्ता लाग्दैन ।” तटबन्धले सुरक्षित भएसँगै यहाँको संरचना निर्माणमा स्थानीयवासी लागिपरेका छन् । यहाँ धमाधम नयाँ संरचना निर्माणले गाउँ सुरक्षित भएको अनुभूति गर्न सकिन्छ ।

मस्र्याङ्दी नदीमा बाढी आए जत्तिकै तटबन्ध लगाई अहिले बस्ती सुरक्षित गरिएको छ । यस बस्तीलाई सुरक्षित बनाउन तात्कालीन प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र पालुङटार कुण्डुटार सिञ्चाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । छिटो बस्तीलाई सुरक्षित बनाउने उद्देश्यले उक्त आयोजना र तात्कालीन प्रजिअले उपभोक्ता समितिमार्फत काम गर्नुभएकोे स्थानीयवासी आन्द्रे गुरुङको भनाइ थियो।

“बस्तीको सुरक्षाका लागि लामो प्रक्रियालाई संस्थाले छोट्याएर काम अगाडि बढाएको छ । उपभोक्ता समितिमार्फत काम गर्दा आफ्नो गाउँलाई सुरक्षित बनाउन छिटै नै काम सम्पन्न भएको छ । उपभोक्ता समितिमार्फत काम नगरेको भए अझै ढिला हुन्थ्यो, यो वर्खामा पनि डराएरै सुत्नुपर्ने अवस्था हुन्थ्यो, अहिले काम छिटो हुँदा आरामले सुत्न पाएका छौँं”, उनले भनिन् ।

पालुङटार कुण्डुुटार सिँचाइ आयोजनाका प्रमुख दीपेन्द्रप्रसाद आचार्यले तालगाउँको बस्तीलाई जोखिमको समयमा कसरी हुन्छ छिटो सुरक्षित बनाउने कार्यमा आफ्नो ध्यान केन्द्रित भएको बताईन् ।

“लामो प्रक्रियाबाट काम गर्दा जोखिममा आत्तिएका तालगाउँबासीको सुरक्षामा हामीले ध्यान दिनुपर्ने हुन्थ्यो, बोलपत्रको प्रक्रियाबाट काम गर्दा अहिलेसम्म पनि आधा काम गर्न सकिने अवस्थामा हुँदैन थियो, यसवर्षको बर्खामा पनि त्रयत्रयमा रहनुपर्ने हुन्थ्यो, उनीहरुकै जिम्मा दिएर छिटो काम गरेका हौँ,” उनले भने ।

त्यहाँको तटबन्ध निर्माणका लागि आर्थिक वर्षको अन्त्यतिर बजेट बिनियोजन भएको र बोलपत्र प्रक्रियाबाट जाँदा लामो समय लाग्ने हुँदा बजेट फ्रिज हुने अवस्थामा यस्तो निर्णय गरिएको प्रमुख आचार्यले स्पष्ट पार्नुभयो । “तटबन्ध निर्माणका लागि बोलपत्र प्रक्रियाबाट अगाडि बढ्दा छ महिना लाग्छ, मनाङको मौसम अन्य जिल्लाको जस्तो बाह्रैमहिना अनुकूल हुँदैन, यसले गर्दा उपभोक्तामार्फत काम गराएका हौँ र छिटो काम भएको छ”, उनले भनिन् ।

बस्ती तटबन्धले सुरक्षित बनाइएपछि यहाँ पुराना संरचना पुनःनिर्माणका साथै नयाँ संरचना पनि निर्माण भइरहेको छ । बाढीले क्षति पुगेका घर, भवन र होटलको मर्मत सम्भारसँगै यहाँको व्यवसाय पनि अहिले तङ्ग्रिदै गएको छ । यसले गर्दा स्थानीयबासीमा खुसी छाएको छ ।

 

वि.सं.२०८० साउन १७ बुधवार १४:१२ मा प्रकाशित

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...