काठमाडौं । आजको बजारमा सुनको भाउ घटेको छ । बुधबारको बजारमा प्रतितोला १ लाख १२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारको बजारमा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६५० रहेको छ भने चाँदी प्रतितोला १ हजार४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० साउन १८ बिहीवार १३:०४ मा प्रकाशित






























