Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

सक्रिय बन्यो विभाग, राष्ट्रिय परिचयपत्रको छपाई र वितरणको कामले गति लिँदै



काठमाडौं । लामो समयदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग गुनासै गुनासो आउने निकाय बन्यो । एकातिर परिचयपत्रमा विवरण प्रविष्ट गर्ने कामले गति लिन सकेन भने अर्कोतिर परिचयपत्र छपाई र छपाई भएका परिचयपत्रको वितरणको काम पनि निकै सुस्त गतिमा भयो । जसको कारण सेवाग्राहीसमेत निकै सास्ती व्यहोर्न बाध्य बने ।

सरकारले राहदानी बनाउन राष्ट्रिय परिचय पत्रलाई अनिवार्य बनाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ देखि बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्न र स्थायी लेखा नम्बर लिनलगायतका काममा समेत परिचयपत्र अनिवार्य बनेको छ । तर, सरकारले यति महत्वपूर्ण मानेको राष्ट्रिय परिचयपत्रको कामले सुस्तता लिँदा नागरिकले निकै हैरानी व्यहोर्न बाध्य भइरहेका छन् ।

नागरिकको हैरानीका बीच पछिल्लो समय विभागले भने केही सक्रियता बढाएको छ । विभागको पछिल्लो नेतृत्वले सेवाग्राहीको गुनासोअनुसार परिचयपत्रको कामलाई केही तिव्र बनाउन खोजेको देखिन्छ । अहिले विभागले परिचयपत्रको विवरण संकलन गर्ने कामलाई अभियानकै रुपमा अगाडि बढाएको छ भने छपाई र वितरणलाई पनि द्रुत गतिमा अगाडि बढाएको छ ।

नेतृत्व परिवर्तनसँगै सक्रियता

निकै महत्वपूर्ण मानिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग लामो समयदेखि कर्मचारीहरुको विश्राम थलो बन्यो । विभागमा नेतृत्व तहमा आउनेदेखि तल्लो तहका कर्मचारीको सरुवाको दरले पनि यसलाई पुष्टि गर्छ ।

यसअघि महानिर्देशकको जिम्मेवारीमा विभाग छिरेका रुद्रप्रसाद पण्डितले विभागमा तीन महिनासमेत बिताएनन् । ०७९ को माघ २३ गते विभागको प्रमुख भएर आएका उनी तीन महिनामै जेठ ६ मा ललितपुरको प्रमुख जिल्ला अधिकारी बनेर गए ।

पण्डितपछि विभागको नेतृत्वमा झक्कप्रसाद आचार्य भित्रिएका छन् । विभिन्न निकायको अनुभव बटुल्दै विभागको नेतृत्वमा आएका आचार्यले जिम्मेवारी सम्हालेदेखि भने विभागलाई केही सक्रिय बनाउन खोजेका छन् ।

संसार न्यूजसँगको कुराकानीमा महानिर्देशक आचार्यले गुनासो सम्बोधन गर्नेगरी अगाडि बढेको बताए । “असाध्यै गुनासै गुनासो आउने अवस्था बनेछ, अब यसलाई जसरी पनि सम्बोधन गर्नुपर्छ भनेर लागिएको छ”, संसार न्यूजसँगको कुराकानीमा आचार्यले भनेका छन्, “परिचयपत्रको विवरण प्रविष्ट गर्नेदेखि छपाई र वितरणको कामलाई अब चुस्त गराउँदैछौं । गुनासो सम्बोधनतिर हाम्रो अग्रसरता छ ।”

पर्याप्त जनशक्ति र बजेट व्यवस्थापन भए गुनासोहरु छिट्टै हल गर्न सक्ने उनले बताए । “अहिले देखिएको समस्या– बजेट र जनशक्ति अभाव हो, हामीलाई थप केही जनशक्ति चाहिएको छ, यदि सरकारले सहयोग गर्ने अवस्था बन्यो भने धेरै कुरा हल हुन्छ”, उनले भनेका छन् ।

तथ्यांक प्रविष्ट गर्ने कामलाई अभियानकै रुपमा लगिँदै

विभागले परिचय पत्रको लागि तथ्यांक प्रविष्ट गर्ने कामलाई अभियानकै रुपमा अगाडि बढाएको विभागका राष्ट्रिय परिचयपत्रतर्फका निर्देशक सूर्यबहादुर खत्री बताउँछन् । उनका अनुसार सबै जिल्ला प्रशासनसँगै ४७ इलाका प्रशासन र १२७ अतिरिक्त केन्द्रमार्फत परिचयपत्रको कामलाई अगाडि बढाइएको छ ।

“डाटा प्रविष्ट गर्ने कामलाई तिव्ररुपमा अगाडि बढाइएको छ, बाँकी रहेका कर्णालीका पाँचसहित आठ जिल्लामा अभियानकै रुपमा परिचयपत्रको कामलाई अगाडि बढाइएको छ”, निर्देशक खत्रीले भनेका छन्, “बायोमेट्रिक र डेमोग्राफीको काम प्राविधिक पनि भएको कारण केही जटिल छ तथापी, विभागले त्यसतर्फ आवश्यक जनशक्ति विकासको कामलाई पनि तिव्र बनाएको छ, यो छिट्टै हल हुन्छ ।”

हालसम्म एक करोड ३१ लाखको बायोमेट्रिक र डेमोग्राफीको काम सकिएको उनले जनाए । चालु आर्थिक वर्षको अन्तिमसम्म दुई करोड पु¥याउने लक्ष्य विभागले लिएको खत्रीले जानकारी दिएका छन् ।

छपाई र वितरणलाई आक्रामक बनाइँदै

तथ्यांक प्रविष्टसँगै छपाईको कामलाई पनि विभागले तिव्र बनाएको छ । निर्देशक खत्रीले बताएअनुसार तीन सिफ्टमा छपाई गर्नेगरी काम सुरु हुँदैछ ।

“अहिले एक करोड ३१ लाख जतिको तथ्यांक प्रविष्ट गर्ने काम सम्पन्न भएको छ, तर तथ्यांक प्रविष्ट गरिएको संख्याको तुलनामा परिचयपत्र छपाईको संख्या कम छ, हालसम्म जम्मा १७ लाख छपाई भएको छ”, खत्रीले भनेका छन्, “जुन दर छिट्टै बृद्धि हुन्छ, विभागले तीन सिफ्टमा छपाई गर्ने तयारी गरेको छ ।”

खत्रीका अनुसार विभागसँग भएका दुई मेसिनले एक सिफ्टमा पूर्णं सञ्चालन गर्दा ११ हजारसम्म कार्ड छपाई गर्दछ भने तीनै सिफ्टमा गर्दा दैनिक ३३ हजारसम्म कार्ड छपाई हुन्छ । अर्थमन्त्रालयले सहयोग गरे उक्त कार्य छिट्टै अघि बढ्ने उनले बताए ।

“गृहमन्त्रालयले कार्य अगाडि बढाउनु भन्ने निर्देशन गरेको छ, तर तीनै सिफ्टमा काम गर्न थप बजेट र जनशक्ति आवश्यक पर्दछ”, उनले भनेका छन्, “हालसम्म अर्थमन्त्रालयले यसबारे कुनै निर्णय नगरिदिँदा कार्य अगाडि बढेको छैन, यदि स्वीकृति गरेमा हामी तीनै सिफ्टमा काम गर्न सक्छौं ।”

यदि तीन सिफ्टमा काम गरिएमा चालु आर्थिक वर्षभित्रै ५० प्रतिशतभन्दा बढी परिचयपत्र छपाईको काम सकिने उनले जनाए ।

परिचयपत्र वितरणका लागि तालिम चलाउँदै विभाग

हालसम्म विभागले १७ लाख परिचयपत्र छपाईको काम सकेको छ । तर, छापिएकामध्ये विभागले हालसम्म जम्मा तीन लाख मात्रै बाँडेको छ । छापिएका परिचयपत्र बाँड्न नसक्दा विभागमा अहिले कार्डको थुप्रो लागेको छ ।

विभागका निर्देशक खत्री छाप्नेभन्दा बाँड्ने काम सकस भएको बताउँछन् । उनका अनुसार जनशक्ति व्यवस्थापन गर्न नसक्दा बाँड्ने कामले गति लिन सकेको छैन । निर्देशक खत्रीले भनेका छन्, “परिचयपत्रको छाप्नेभन्दा बाँड्ने काम जटिल छ, प्राविधिकरुपमा दक्ष जनशक्ति नभई बाँड्न सकिँदैन, हालसम्म त्यस्ता जनशक्ति कम हुँदा वितरणमा केही ढिलाई भएकै हो ।”

तर, पछिल्लो समय विभागले जिल्ला प्रशासन, इलाका प्रशासन र अतिरिक्त केन्द्रका प्रतिनिधिलाई तालिम दिन सुरु गरेको छ । तालिमका चरणहरु सम्पन्न भएसँगै बाँड्ने कामले पनि तिव्रता लिने उनले बताए ।

सम्बन्धित समाचार

राष्ट्रिय परिचय–पत्र, प्रविधिमा एउटा फड्को


-->

बद्री उप्रेती, काठमाडौं १. थोरै नपठाउनु यादहरु फालाफाल पठाइदिनू आँसु पठाउँदा पुछ्नलाई रुमाल पठाईदिनू

लक्ष्मी स्मृति, बिराटनगर १. बिसंगति पनि कति धेरै जता हेर्यो कमिशन, भ्रष्टाचार सुनिन्छ बिग्रिएको

बाबुराम न्यौपाने ‘उत्स’,दमक, झापा समयको अनन्त महानदी आफ्नू पोल्टामा हीरा मोती लुकाएर युगयुग बगिरहेको

राजन ग्याल्दाङ् घले धार्चे –६, काशीगाउँ, गोरखा, हाल -जापान १. जवान फूल मखमली बगैँचा

चन्द्रावती अधिकारी, कोहलपुर १ माया मेवा हो नजाने यो अर्काको, जाने पेवा हो ।