back
CTIZAN AD

पातले छाँगोको व्यवस्थापनमा महानगरको चासो

वि.सं.२०८० साउन १९ शुक्रवार

576 

shares

लेखनाथ । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै कमै हुन्छन् ।

पोखरा–१७ मा अवस्थित पातले छाँगो पर्यटकका लागि पर्यटकीय गन्तव्य मात्रै भए पनि यो त्यतिमा मात्रै सीमित छैन । पर्यटकबाट हुने मुख्य आम्दानी यसको संरक्षण र विकासका साथै छोरेपाटन माध्यमिक विद्यालय सञ्चालनमा खर्च हुने गरेको छ ।

पातले छाँगाको कुल आम्दानीमध्ये ४० प्रतिशत व्यवस्थापनका लागि खर्च हुने गरेको छ भने बाँकी ६० प्रतिशत विद्यालयका शिक्षकको तलब, शैक्षिक तथा भौतिक विकासका लागि खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक रु २५ लाख विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार एक सय १२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् । बाँकी सबै ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको छ । जसको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको छ ।

भुसालका अनुसार पातले छाँगामा प्रवेश शुल्कवापत वार्षिक रु तीन करोडभन्दा बढी सङ्कलन हुन्छ भने सटर भाडावापत वार्षिक रु एक करोड ५० लाख आम्दानी हुने गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाएपछि बचत भएको रकम छाँगाको संरक्षण तथा सम्बद्र्धनका लागि विकासमा खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

विसं २०३५ देखि उक्त सामुदायिक विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको छ । “विद्यालयमा दुई हजार तीन सयभन्दा वढी विद्यार्थी अध्ययनरत छन”, अध्यक्ष पहारीले भने, “जसमध्ये उच्च माविमा करिब पाँच सय विद्यार्थी छन् ।” यहाँ कक्षा १ देखि ८ सम्म निःशुल्क अध्यापन हुन्छ भने कक्षा ९ र १० का लागि मासिक रु एक सय लिने गरिएको अध्यक्ष पहारीले जानकारी दिए ।

गएको ४० वर्षदेखि यसैगरी विद्यालयको व्यवस्थापनमा सघाउँदै आएको पातले छाँगाको आम्दानीमा अहिले आएर पोखरा महानरपालिकाको आँखा लागेको छ । “महानगरले आफ्नो मातहतमा ल्याएर निजी क्षेत्रलाई पातले छाँगो ठेक्का दिने योजना बनाएकाले विद्यालय व्यवस्थापनलाई पातले छाँगाको व्यवस्थापन छाड्न दबाब दिँदै आएको छ”, अध्यक्ष पहारीले भने ।

कूल १२ रोपनी क्षेत्रफलमा फैलिएको यस पर्यटकीयस्थलमा आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकको अत्यधिक चाप हुने गरेको पातले छाँगोमा टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले बताए । उनका अनुसार असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ । यहाँ पर्यटकका लागि विद्यार्थीका लागि छुटसहित रु २०, नेपाली नागरिकका लागि रु ४०, भारतीयलाई रु ८० र तेस्रो मुलुकका नागरिकलाई एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

पोखरा –१७ छोरेपाटनस्थित पातले छाँगोले वर्षादको समयमा पर्यटकलाई झनै लोभ्याउने गर्छ । जमिनको सतहभन्दा तल अर्को पर्यटकीय स्थल गुप्तेश्वर गुफातर्फ झर्ने यो छाँगोलाई गुफाको भित्री भागबाट समेत देख्न सकिन्छ ।

हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो । पातले छाँगो र गुप्तेश्वर गुफा नजिकै पुम्दीमा शान्ति स्तुप र हालै ठूलो आकारको शिव मूर्ति निर्माणसँगै त्यस क्षेत्रमा पुग्ने पर्यटक पनि यहाँ आउने गरेका छन् ।

कोरोना महामारीपछि छाँगो अवलोकन गर्नेको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको जानकारी पातले छाँगो स्थित टिकट काउन्टरका कर्मचारी रेशम खड्काले दिए । यतिबेला छाँगो अवलोकन गर्न आउने नेपाली र भारतीय पर्यटक बढी हुने गरेको उनकोे भनाइ छ ।

डेभी नाम गरेकी एक स्वीस पर्यटक सन् १९६१ मा यस छाँगोबाट खसेर बेपत्ता भएपछि उनको नाममा यसको नाम ‘डेभिज फल्स’ रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र एक सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ । विशेष गरी जेठदेखि असोज महिनासम्म छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरपरका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्रिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोषाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । रासस

वि.सं.२०८० साउन १९ शुक्रवार १३:३६ मा प्रकाशित

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

सुनसरी घटना : उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...