back
CTIZAN AD

नगरपालिकाद्वारा घरधनीलाई करका दायरामा ल्याउन लगत सङ्कलन

वि.सं.२०८० साउन २१ आइतवार

1.2K 

shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत सङ्कलन गर्न थालेको छ । घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण सङ्कलन गर्न थालेको हो ।

नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको विवरण दाखिला गरी लगत कायम गर्न ३५ दिने सूचना जारी गरिएको बताइन्।

“घर जग्गा बाहलमा लगाउनेलाई करको दायरामा ल्याउन तीनवटा वर्गमा विभाजन गरिएको छ”, उनले भनिन्, “तोकिएको समयमा विवरण नबुझाउने घरजग्गा धनीलाई विलम्ब शुल्क लाग्छ ।” यसअघिका वर्षमा बेनीका घरधनीले घरबहाल कर स्वेच्छिकरूपमा तिर्दै आएका थिए ।

नयाँ आर्थिक वर्षदेखि घरबहाल करलाई अनिवार्य गरिएको कर अधिकृत शर्माले बताइन् । स्वेच्छिकरूपमा घरबहाल कर बुझाउने घरधनी न्यून भएपछि धेरैलाई समेट्न नगरसभाबाट ऐन संशोधन र घरधनीको वर्गीकरण गरिएको हो ।

सङ्घसंस्था र कार्यालय प्रयोजनका लागि घरभाडामा लगाउनेले १० प्रतिशत, व्यावसायिक प्रयोजनको चार प्रतिशत र आवासीय प्रयोजनको दुई प्रतिशतको दरले बहाल कर तोकिएको छ । यसअघि सबैलाई १० प्रतिशतका दरले घरबहाल कर तोकिएको थियो ।

बैंक, वित्तीय संस्था, सहकारी, कार्यालय, सङ्घसंस्थालाई घरभाडामा दिएका, वैदेशिक रोजगारी र आम्दानीको स्रोत प्रमाणित गर्ने प्रयोजनका क्रममा मात्र घरबहाल कर तिर्ने गरेका थिए । गत वर्ष घरबहाल शीर्षकमा नगरपालिकाले रु ३० लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो ।

नयाँ आर्थिक वर्षमा यो शीर्षकमा रु ५५ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ । घरबहाल कर नगरपालिकाले प्रदेश र सङ्घीय सरकारसँग बाँडफाँट गर्नु नपर्ने आम्दानीको स्रोत हो । जिल्ला सदरमुकामसमेत रहेको बेनी बजार, गलेश्वर र तातोपानी क्षेत्रमा घरभाडामा लगाउने गरेका छन् ।

घरबहाल कर तिर्ने नगरवासीको सङ्ख्या न्यून छ । मन्दिर, समिति, विद्यालय र सङ्घसंस्थाले पनि घर तथा सटर भाडामा लगाएका छन् । तर बाध्यता परेको अवस्थामा मात्र घरबहाल कर तिर्ने गरेका छन् । घरधनीले तिर्नुपर्ने बहाल कर आफूहरूको थाप्लोमा पारेको व्यवसायीको गुनासो छ ।
रासस फाइल फोटो

वि.सं.२०८० साउन २१ आइतवार ०९:०१ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...