back
CTIZAN AD

कर्णाली सरकारलाई स्वरोजगार कोषले सहयोग गर्ने

वि.सं.२०८० साउन २३ मंगलवार

1.2K 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारले वार्षिक दश हजारलाई रोजगार दिने लक्ष्य पूरा गर्ने उद्देश्यसहित विभिन्न निकायसँग छलफल सुरु गरेको छ ।

प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान सुरु गरेको प्रदेश सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग छलफल गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)सँग सोमबार यस विषयमा छलफल भएको हो । छलफलमा मुख्यमन्त्री शर्मासँग कोषका उपाध्यक्ष डा रोकाले कर्णालीमा लगानीको अवस्था, त्यसको प्रभाव र आकर्षण कस्तो रहेको छ भन्नेबारे जानकारी लिए । यस विषयमा मुख्यमन्त्री शर्माले कर्णालीको विकासको सम्भावना, लगानी तथा हालसम्म भएका गतिविधिका बारेमा बताए ।

“हामीबीच मूलतः कर्णालीमा उत्पादित जडीबुटी तथा रैथानेबालीको व्यवस्थित निर्यातका लागि कर्णाली हाउस निर्माणलगायतका महत्वपूर्ण विषयमा छलफल भएको भयो,” उनले भने, “यसमा कोषले प्रदेश सरकारको लक्ष्य र अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।”

मुख्यमन्त्री शर्मासँगको छलफलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा रोका, कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, कानुन तथा असूली शाखा प्रमुख लोकबहादुर खड्का, कर्णाली र गण्डकी प्रदेश अनुगमन अधिकृत जनकप्रसाद पाण्डेको सहभागिता थियो ।

वि.सं.२०८० साउन २३ मंगलवार १६:४५ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...