back
CTIZAN AD

अर्थतन्त्रको ओरालो यात्रा, एक वर्षमा ८२७ व्यक्ति लघुवित्तको कालोसूचीमा

वि.सं.२०८० साउन २३ मंगलवार

1.2K 

shares

काठमाडौं । विगत एक वर्षमा लघुवित्तहरुबाट कर्जा लिने आठ सय २७ व्यक्तिहरु कर्जा सूचना केन्द्रको कालो सूचिमा परेका छन् । केन्द्रले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कमा यस्तो देखिएको हो । केन्द्रले २०७९ साउन २४ गतेदेखि मात्र लघुवित्तका ऋणीहरुलाई कालो सूचिमा राख्न थालेको छ ।

बैंकहरुले केन्द्रमार्फत वि.सं. २०४६ सालदेखि बैंकको कर्जा नतिर्ने ऋणीहरुको नाम कलोसूचीमा राख्दै आएको छन् । केन्द्रका अनुसार हालसम्म बैंकहरुको कर्जा नतिर्ने व्यक्ति तथा संस्थाहरुको संख्या ५९ हजार एक सय छ पुगेको छ । बैंकहरुको कर्जा नतिरेर कालोसूचीमा पर्नेहरुको संख्या बढे पनि लघुवित्तको कर्जा नतिरेर कालो सूचीमा पर्नेहरु थिएनन् ।

अवान्छित गतिविधि गर्नेहरुका कारण लघुवित्तको कर्जा लिनेहरु कलो सूचीमा

पछिल्लो समय लघुवित्तहरुबाट कर्जालिनेहरु समेत कालो सूचीमा पर्नथालेपछि बैंकरहरु चकित पर्न थालेका छन् । लघुवित्तहरुले सामुहिक जवानी विना कर्जा प्रवाह गर्दैनन् । सामुहिक जवानीमा प्रवाह गरेको कर्जामा पनि कालो सूचीमा पर्नु आश्चार्यजनक भएको एक बैंकरले बताए ।

पछिल्लो पटक एउटा अराजक समूहले बैंकको कर्जा नतिर्न भनेका कारणले पनि लघुबित्तहरुले निर्माण गरेका समूहरुले समूहिक रुपमा नै कर्जा नतिरेको हुनसक्ने ति बैंकरको भनाई छ ।

लघुबित्तहरुको गउँगाउँमा समूह समूहको संजाल छ । तिनै समुहहरु मार्फत उनीहरुले समूहिक जमानीमा कर्जा प्रवाह गर्ने गर्दछन् । समूहको कुनै एक सदस्यले कर्जा नतिरेको अवस्थामा समूहका अन्य सदस्यले दामासाहीमा कर्जा तिनुपर्ने हुन्छ । त्यसैले वैकिङ प्रणालीमा लघुवित्तलाई कम जोखिमपूर्ण क्षेत्रको रुपमा लिइन्छ ।

वि.सं.२०८० साउन २३ मंगलवार १६:५३ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...