back
CTIZAN AD

एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?

वि.सं.२०८० साउन २३ मंगलवार

1.2K 

shares

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अवैधरुपमा भइरहेको सुनको तस्करीलाई रोक्न वर्तमान सरकारले चालेको कदमलाई सहयोग गर्न केले रोक्यो भनेर प्रश्न गरे ।

“यसभन्दा पहिला पनि सरकार र गृह मन्त्रालयल थियो तर सुन आउनेजाने त भइरहेको रहेछ । सुनको व्यापार त भइरहेको रहेछ, तर यही सरकारले खोजेर यो प्रकरण रोक्नुपर्छ भनेर आएको विषयलाई सहयोग गर्नका लागि प्रतिपक्षलाई केले छेक्यो ?” उनले प्रश्न गरे ।

संविधान निर्माणका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग राख्नुपर्छ भन्दा कसैको विमति नभएको स्मरण गराउँदै सांसद पौडेलले संविधानमा व्यवस्था भएका यी सबै संरचनालाई पार्टी विशेषका संस्थाका रुपमा नबुझ्न आग्रह गरे ।

उनले सम्बन्धित निकायले दृढतापूर्वक छानबिन अगाडि बढाइरहेका बेला अर्को समिति बनाइनु उचित नहुने बताए । “यी संस्था संवैधानिक हिसाबले निर्णय गरेर अगाडि बढाइएका राज्यका निकाय होइनन् ?, यी निकायले काम गर्दैगर्दा अर्को छानबिन समिति बनाउँदा गरिराखेको छानबिनमाथि प्रश्न उठ्दैन ?” उनले भने ।

माओवादी उच्चस्तरीय छानबिन समितिको विरोधी नभएको प्रष्ट पार्दै उहाँले छानबिनको निष्कर्ष नआउँदासम्मका निम्ति धैर्यतापूर्वक बस्न आग्रह गरे । उनले गृह प्रशासन र राज्यका अन्य निकायले गरिरहेका कामका लागि सहयोग गर्नसमेत प्रतिपक्षीसँग आग्रह गरे ।

वि.सं.२०८० साउन २३ मंगलवार १७:५२ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...