back
CTIZAN AD

रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु

वि.सं.२०८० साउन २३ मंगलवार

1.1K 

shares

काठमाडाैं । रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ४५ वर्षीया हस्ता डाँगी र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । बस सडकदेखि करिब एक सय ५० मिटर तल खसेको सूचना अधिकारी भुसालले बताए ।

दुर्घटनामा परी घाइते हुनेमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढा, वडा नं ७ का ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर र माडी–४ का ९ वर्षीय मिलन डाँगी छन् । अन्य घाइतेमा माडी–६ कोर्चवाङका १५ वर्षीय मुकेश पुन, माडी–२ का २० वर्षीय जितेस बाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर र उनका ११ महिनाको छोरा ओल्सन छन् । अन्य घाइतेमा माडी–४ का ३३ वर्षीया कविता खड्का र उनको पाँच वर्षको छोरा युस, माडी–४ का २६ वर्षीया मीना डाँगी तथा माडी–२ का २८ वर्षीया त्रिपना बाँठामगर छन् ।

यस्तै उक्त दुर्घटनामा परी घाइते हुने अन्यमा परिवर्तन–३ का २४ वर्षीय खुम्बु बुढामगर, त्रिवेणी–२ नुवागाउँका १७ वर्षीया पूर्णिमा बुढामगर, सोही ठाउँका १३ वर्षीया सुस्मिता बुढामगर, माडी–२ घर्तीगाउँका ४० वर्षीया बिर्जना घर्तीमगर र २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ वर्षीय ईन्द्रकुमार घर्तीमगर तथा दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका २४ वर्षीय चालक हुमराज बस्नेत रहेका छन् ।

वि.सं.२०८० साउन २३ मंगलवार १७:४६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...