back
CTIZAN AD

वडाध्यक्ष डाँगीको माहुरीपालन

वि.सं.२०८० साउन २५ बिहीवार

729 

shares

घोराही । विगत एक दशक देखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय रहेका छन् । उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनले स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिकरुपमा पालन गर्दै आएका छन् । उनले भने “सेरेना माहुरीलाई जङ्गलबाट खोजेर ल्याउनुपर्छ । पछिल्लो समय करिब डेढ सय घार बनाउन सफल भएको थिएँ । विविध कारणले पनि पछिल्लो समय माहुरीको घार सङ्ख्या घटेको छ ।”

वडाध्यक्षमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घार घट्न पुगेको उनले बताए । उनले भने, “राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । यसले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।”

पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका बिरुवा हुने भएकाले चरणको समस्या नहुने भए पनि माहुरीलाई अरिङ्गाल र बच्छिउबाट बचाउन समस्या हुने गरेको उनलृ बताए । उनले भने, “शून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढ सयसम्म लगेको थिए, तर राजनीतिमा लागेपछि घरमा समय दिन पाइँदैन यसले गर्दा माहुरी अहिले माहुरीको घार घटेर ५० देखि ६० घार मात्रै भएका छन् ।”

 

वि.सं.२०८० साउन २५ बिहीवार १४:१० मा प्रकाशित

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...