back
CTIZAN AD

लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

वि.सं.२०८० साउन २६ शुक्रवार

1.7K 

shares

मकवानपुर । बागमती प्रदेशमा गाईर्भैँसीमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान बिहिबारदेखि सुरु भएको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि उक्त अभियान नै सञ्चालन गरेर प्रदेशको ९१ वटा स्थानीय तहमा बिहीबारदेखि एकैपटक खोप लगाउने कार्य सुरु गरेको मन्त्रालयका पशु डा शरण पाण्डेले बताए ।

उनका अनुसार प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बिहीबारदेखि एकैपटक खोप अभियान सुरु गरिएको हो । मन्त्रालयले प्रदेशका १३ जिल्लाका ५० हजार गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

मन्त्रालयले खोप अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाको विज्ञ केन्द्रमार्फत एक सय ४६ जना भ्याक्सिनेटर नियुक्त गरेको छ । उक्त अभियानका लागि ४८ हजार पाँच सय ५० डोज खोपको सुनिश्चितता भएको डा पाण्डेले बताए ।

मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरको १६ स्थानीय तहका लागि २४ जना भ्याक्सिनेटर र छ हजार तीन सय खोप, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरको १० स्थानीय तहका लागि १९ जना भ्याक्सिनेटर र सात हजार डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटको १७ स्थानीय तहका लागि १७ जना भ्याक्सिनेटर र छ हजार डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङको पाँच स्थानीय तहका लागि २६ जना भ्याक्सिनेटर र पाँच हजार दुई सय ५० डोज खोप उपलब्ध गराइएको छ ।

यसैगरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनको सात स्थानीय तहका लागि १४ जना भ्याक्सिनेटर र सात हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको १३ स्थानीय तहका लागि १३ जना भ्याक्सिनेटर र चार हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेको छ स्थानीय तहका लागि १२ भ्याक्सिनेटर र छ हजार पाँच सय डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीका १७ स्थानीय तहका लागि २१ भ्याक्सिनेटर पाँच हजार पाँच सय डोज खोप उपलब्ध गराइएको छ ।

प्रदेशमा हालसम्म उक्त सङ्क्रमणबाट छ हजार दुई सय ९१ गाईभैँसीको मृत्यु भएको छ भने एक लाख १० हजार चार सय ४० सङ्क्रमित भएका छन् । रोगबाट १३ जिल्लाका दुई लाख चार हजार नौ सय ८८ पशु प्रभावित भएको डा पाण्डेले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन २६ शुक्रवार ०७:३८ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...