back
CTIZAN AD

अध्यक्ष ओली भन्छन् – द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया टुङ्ग्याउनुु पर्छ

वि.सं.२०८० साउन २७ शनिवार

1.3K 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्तिप्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आज राजधानीमा आयोजना गरेको ‘द्वन्द्वपीडितलाई सङ्क्रमणकालीन न्याय कहिले र समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तरक्रियामा उनले द्वन्द्वपीडितलाई चित्त बुझेको कुरामा कानुन बनाएर शान्तिप्रक्रियालाई टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष ओलीले द्वन्द्वपीडितलाई दबाएर शान्तिप्रक्रिया निष्कर्ष नपुग्ने बताएका छन् । उनले द्वन्द्वपीडितमाथि अन्याय गरेर समस्याको समाधान नहुने भन्दै दमन, अन्याय र थिचोमिचो गरेर शान्तिप्रक्रिया सम्पन्न हुन नसक्ने भनाइ राखे । “मैले न्याय पाएँ भनेर द्वन्द्वपीडितले भन्नुप¥यो,” उनले भने, “द्वन्द्वपीडितमाथि अन्याय गरेर समस्याको समाधान हुँदैन ।”

अध्यक्ष ओलीले अब फेरि द्वन्द्व नहोस् भन्नका लागि द्वन्द्वपीडितको समस्यालाई सम्बोधन गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको भनाइ राखे ।

उनले करकाप र दबाबबाट मेलमिलाप हुन नसक्ने बताएका छन् । “स्वेच्छाले मेलमिलाप गर्न पाउनुपर्दछ । स्वेच्छाले मेलमिलाप गर्ने वातावरण बनाउनुपर्दछ,” उनले भने, “पीडितलाई राहत र न्याय दिनुपर्दछ । अहिलेसम्म कोही मारिँदा तत्काल क्षतिपूर्ति भएको छ । कोही मारिँदा भएको छैन ।”

शान्ति प्रक्रिया पीडितलाई चित्त बुझ्ने, पीडितले न्याय पाउने खालको, सर्वोच्च अदालतको फैसला अनुकूल र अन्तर्राष्ट्रिय समुदायलाई चित्त बुझ्नेगरी हुनुपर्नेमा जोड दिँदै उनले भने, “कि हामी आफैँ समाधान गरौँ, हाम्रो समस्या । पहिले हाम्रो कानुन, हाम्रो अदालत, हाम्रो संविधान र हाम्रो सरकार, हाम्रो समुदाय सक्षम छ भन्ने कुरा प्रमाणित गर्नका लागि सरकारले त्यसअनुसार चल्नुपर्दछ । त्यसका निम्ति सिफारिस समिति निष्पक्ष बनाउनुप¥यो ।”

अध्यक्ष ओलीले  सत्य निरुपण तथा मेलमिलाप आयोग निष्पक्ष न्याय दिन नसकेको भन्दै आयोग निष्पक्ष न्यायाधीश, मानवअधिकारीकर्मी राखेर बनाउनुपर्नेमा जोड दिए । उनले शान्ति भएमात्र विकास हुने भन्दै बिना शान्ति विकास सम्भव नुहने बताए । अध्यक्ष ओलीले विकासका लागि शान्ति पूर्वसर्त रहेको भन्दै शान्तिको तर्फ र द्वन्द्वका घाउ कसरी मेटाउन सकिन्छ भन्नेतर्फ सबैको प्रयास हुनुपर्नेमा बताए ।
रासस

वि.सं.२०८० साउन २७ शनिवार २१:५१ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...