back
CTIZAN AD

खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार

वि.सं.२०८० साउन २७ शनिवार

741 

shares
काठमाडौं । काठमाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको आज प्रहरीले उद्धार गरेको छ ।
दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौँको कलङ्की बस्ने ११ वर्षीय सुमित आचार्य र बर्दिबास घर भई सोही ठाउँ बस्ने रिदम अधिकारी रहेका छन् ।
उनीहरु साथीहरुसँगै आज अपराह्न बल्खु खोलाको ‘जिरो प्वाइन्ट’ भन्ने स्थानमा पौडी खेल्न गएका थिए । पौडी खेल्दै गर्दा बाढी आएपछि साथीहरु बाहिर निस्किएको र उनीहरु भने खोलाको बीचमा थोरै उठेको भागमा अड्किएर बसेका थिए ।
उक्त सूचना प्राप्त भएपछि कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उद्धार गरेको लामाले बताए ।
रासस

वि.सं.२०८० साउन २७ शनिवार २२:१० मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...