back
CTIZAN AD

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, कसको हुँदैछ बिदाइ ?

वि.सं.२०८० साउन २८ आइतवार

1.3K 

shares

काठमाडौं । सरकारले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको छ । पुनर्गठनको क्रममा जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । यो सँगै माओवादीका एक मन्त्री हटाइने भएको छ ।

माओवादी स्रोतका अनुसार संघीय मामला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्री पदबाट हटाइने भएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका मोदीलाई पार्टीले फीर्ता बोलाउन लागेको हो ।

मन्त्री मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्री बनाइने बताइएको छ ।

मोरङ्बाट निर्वाचित मोदीलाई कर्मचारी सरुवा गर्दा आर्थिक चलखेल गर्ने गरेको आरोप पार्टी भित्र लागेको छ । आर्थिक चलखेल गरेको आरोप लागेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड उनलाई मन्त्री पदबाट हटाउने निष्कर्षमा पुगेको माओवादी स्रोतले जनाएको छ ।

यद्यपी, कामभन्दा हल्ला बढी गरेको भन्दै भोजपुरबाट निर्वाचित सांसद, संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीको कार्य शैली पनि प्रचण्डले मन नपराएको स्रोतले जनाएको छ ।

त्यस्तै, सत्ता साझेदारी दल नेकपा एकीकृत समाजवादी  मन्त्री  किरातीसँग असन्तुष्ट देखिएको छ । समाजवादी नागरिक उडड्यन प्राधिकरणको महा–निर्देशकको विषयमा किरातीसँग असन्तुष्ट भएको हो ।

वि.सं.२०८० साउन २८ आइतवार ०९:४६ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...