back
CTIZAN AD

महिला तथा दलित जनप्रतिनिधिकाे गुनासो : वडाध्यक्षको आफूखुसी, योजना निर्माणमा आफूहरुलाई सहभागी गराउँदैनन् ’

वि.सं.२०८० साउन २८ आइतवार

897 

shares

खोटाङ । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो गरेका छन् । दलित महिला केन्द्र नेपालले शनिबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला तथा दलित महिला सदस्यले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागी हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका महिला वडासदस्य दीक्षा राईले वडामा आउने हरेक योजनामा वडाध्यक्षले आफूखुसी योजना निर्माण तथा बजेट विनियोजन गर्ने गरेको बताईन् । “फरक पार्टीबाट जितेको भएर हो वा अन्य कुनै कारणले हो । हामी महिला तथा दलित महिला सदस्यलाई योजना छनोट र बजेट विनियोजनमा उनि(वडाध्यक्षज्यू)ले सहभागी गराउदैनन् ।”

स्थानीय तहका पुरुष जनप्रतिनिधिमा विभेदकारी स्वभाव अझै बाँकी रहेकाले आफूहरूमाथि अन्याय भएको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका पूर्ववडा सदस्य एवं एमालेकी नेतृ पुण्यकुमारी मगरले बताईन् “म विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला वडा सदस्य हुँ । निर्वाचनपछि गाउँपालिकामा गठन गरिएको कार्यपालिकाको सदस्य भएरसमेत काम गरेको अनुभव छ”, उनिले भनिन्थ, “म हरेक समय सामाजिक काममै बिताउने गरेकी छु । अघिल्लो कार्यकालमा काम गरेका जनप्रतिनिधिसँग केही न केही अनुभव हुन्छ । महिला भएकै कारणले हो वा अन्य कुनै कारण । अहिलेसम्म एकपटक पनि वर्तमान जनप्रतिनिधिले गाउँपालिकामा सञ्चालन हुने विकासे योजनाका बारेमा छलफल गराएको छैन ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडासदस्य शशिकला राईले महिला तथा दलित महिला सदस्यले आफ्नो हक अधिकारसँगै हरेक काममा समानता खोज्न जरुरी रहेको बताईन् । “हामी हाम्रो हक तथा अधिकारका लागि एक्ला–एक्लै दौडिरहेका छौँ । हाम्रो एकता नभइ त्यो सम्भव छैन”, उनिले भनिन्, “आगामी दिनमा सबैले एउटै आवाज बुलन्द गर्नुपर्ने अवस्था आएको छ । अनिमात्र संविधानमा उल्लेख भएको समानता, समावेशीकरण र सहअस्तित्व कायम हुन्छ ।”

अन्तक्र्रिया कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट निर्वाचित १० महिला तथा दलित महिला वडासदस्य सहभागी भएका थिए । उनीहरू सबैको एउटै आवाज थियो, “हामीलाई पुरुष जनप्रतिनिधिले योजना निर्माण तथा बजेट विनियोजनमा सहभागी नगराई विभेदकारी व्यवहार गर्दै आएका छन् ।”

दलित महिला केन्द्र नेपालले ‘सी लिड्स’ महिला नेतृत्व कार्यक्रमअन्तर्गत ‘राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी व्यवस्थापन र कार्यान्वयनमा अन्तर’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । जिल्लास्थित राजनीतिक दल र स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला सदस्य, पत्रकारलगायतको सहभागिता रहेको अन्तक्र्रियामा संविधानसभा सदस्यद्धय पर्शुराम रम्तेल र दुर्गाजयन्ती राईले सहजीकरण गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश समिति सदस्य टङ्क थापाले अहिले महिला, दलित, जनजातिलगायत जति पनि पछाडि पारिएका व्यक्ति तथा समुदायले प्राप्त गरेका उपलब्धि माओवादीले गरेको दशवर्षे जनयुद्धको जगबाट सम्भव भएको दाबी गरेका छन् । “मुलुकमा जति पनि प्रगतिशील उपलब्धि छन् ती सबै माओवादीका कारण प्राप्त भएका हुन् । यसलाई संस्थागत हुन नदिन विभिन्न षड्यन्त्र सुरु भएको छ”, उनले भने, “प्राप्त उपलब्धिलाई संस्थागत गर्न फेरि पनि एकपटक एकताबद्ध हुनुपर्ने अवस्था आएको छ । अन्यथा पहिलेकै अवस्थामा देश पुग्नेवाला छ । त्यसैले बेलैमा सबै सजग हुनुपर्यो ।”

जनता समाजवादी पार्टी (जसपा)का युवा नेता अञ्जिल राईले आफ्नो पार्टीले उत्पीडनमा परेका हरेक समुदायको पक्षमा बोलिरहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका जिल्ला सदस्य शिवकुमार भट्टराईले आफूहरू पनि राज्यले लिएको समानुपातिक समावेशीकरणको नीतिलाई कार्यान्वयन गर्ने अभ्यासमा रहेको जानकारी दिए ।

दलित महिला केन्द्र नेपालका अध्यक्ष दुलारी हरिजानको समेत उपस्थिति थियो । स्वीस सरकार विकास सहयोग कार्यक्रम (एसडिसी), अष्टे«लियन एड र माण्डवीको आर्थिक सहयोगमा सञ्चालित ‘सी लिड्स’ महिला नेतृत्व कार्यक्रम जिल्लाका दुई नगरपालिकासहित आठ स्थानीय तहमा सञ्चालन भइरहेको परियोजनाका जिल्ला कार्यक्रम संयोजक इन्दु राईले जानकारी दिएका छन् ।रासस

वि.सं.२०८० साउन २८ आइतवार ११:५८ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...