काठमाडौं । सन् १९९४ मा स्थापित बिश्व प्रसिद्ध व्हिस्की ब्रान्ड सिग्नेचरका दुई व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन् ।
सिग्नेचर कम्पनीका अन्य अरु पेयहरु नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा बिगतका कैयौँ बर्षदेखि बिक्री हुँदै आएको तथा प्रयोगकर्ताका मनमा बस्न सफल भएको कम्पनीले जनाएको छ ।
सिग्नेचर पेयलाई नेपाली बजारमा उपलब्ध गराउने नेपाल लिकर्सले यस पटक भने नयाँ प्याकेजिङ, बोटलिङ तथा नयाँ स्वादका साथ दुई व्हिस्कीलाई बजारमा भित्राएको हो ।
नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । जसमध्ये एन्टिक्युटी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर व्हिस्की, सिग्नेचर रेयर व्हिस्की, रोयल च्यालेन्ज व्हिस्की, स्मिरनफ भोड््का, ब्लूरिब्यान्ड जिन र मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की आदि पर्दछन् ।
केहि समय अघि नेपाल लिकर्सले बजारमा ल्याएको स्मिरनफ भोड्का पनि नेपाली बजारमा उत्तिकै लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ । यो पटक भने संसारकै परिचित ब्राण्ड सिग्नेचरका दुई उत्पादनलाई कम्पनीले नयाँ प्याकेजिङका साथ नेपाली बजारमा भित्राएको हो ।
हालसालै नयाँ प्याकेजिङ, बोटलिङ र स्वादमा भित्रिएका दुई पेय, सिग्नेचर प्रिमियर व्हिस्की र सिग्नेचर रेयर व्हिस्की, बजारमा एक लिटर, ७५०, ३७५ र १८० एमएलका प्याकहरुमा उपलब्ध रहेको समेत कम्पनीले जनाएको छ ।
वि.सं.२०८० साउन २८ आइतवार १५:५४ मा प्रकाशित






























