back
CTIZAN AD

नेपाली गाउँमा भारतीय मण्डलको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी गर्दै

वि.सं.२०८० साउन २९ सोमवार

729 

shares

बेदकोट । दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छाप्रो मात्रै छ ।

उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ”, उनी भन्छन्, “यसैबाट घरखर्च चल्छ ।” सुरुआतमा दुई बिघा जमिन भाडामा लिएको उनले बताए ।

महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उनकोे भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उनले गरेका छन् ।

“रु १२ हजार प्रत्येक वर्ष जमिनको भाडा तिर्छुँ, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ”, उनी भन्छन्, “घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।” भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन । यहाँका स्थानीयको रोजीरोटी पनि एकापसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् ।

नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्छन् । बर्सेनि रु एक÷दुई तरकारी खेतीबाट बचत गर्ने गरेको उनी बताउँछन् । उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उनकोे भनाइ छ । “व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौँ”, उनले भने, “बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ ।”

धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको उनले बताए । कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पु¥याउने गरेको पुलिनको गुनासो छ ।

एक पटक छरेको परवलको बीउ पाँच÷छ वर्षसम्म उत्पादन दिने गरेको उनले बताए । “एक पटक छरेपछि पाँच÷छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ”, उनले भने, “त्यसैले पटकपटक लगानी गरिराख्नु पर्दैन, आफ्नो मेहेनत मात्रै लाग्छ ।”

दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । “अचेल यतै गाडी चल्न थाले, अब हामीलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ”, विश्व मण्डलले भने । उनका अनुसार परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० सम्म बिक्री हुने गरेको छ ।

एक कट्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मण्डलले बताए । “परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं”, उनले भने, “एक पटकमा एक÷दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।”

 

वि.सं.२०८० साउन २९ सोमवार ०९:४४ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...