back
CTIZAN AD

बुद्धिजीवीको फ्याक्सन ईन्चार्जमा देवकोटा

वि.सं.२०८० साउन ३० मंगलवार

1.9K 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संबद्ध नेपाल बुद्धिजीवी संगठनको फ्याक्सन ईन्चार्जमा नेता खिमलाल देवकोटा तोकिएका छन् ।

माओवादीभित्र उच्च बौद्धिक क्षमता र राजनैतिक सभ्यता बोकेको नेताका रुपमा स्थापीत उनलाई माओवादी पदाधिकारी बैठकले सो संगठनको ईन्चार्जका रुपमा तोकेको हो ।

गण्डकी प्रदेश कास्किको लुम्लेमा जन्मिएका उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा जोडिएर महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका छन् । जनयुद्धको शुरुवातीताका जनअधिकार अभियानमार्फत क्रियाशिल रहेका उनले माओवादी जनसरकारका अन्तरिम बिधान बनाउनेदेखि शान्तिवार्तामा प्रचण्ड बाबुरामको बिशेष सहयोगीका रुपमा बिभिन्न जिम्मेवारी पूरा गरेका छन् ।

शान्तिवार्ता सहजीकरण, वातावरण निर्माण र संबिधान लेखनसम्म आईपुग्दा उनले सो पार्टीमा बिशेष पहिचान बनाएका थिए ।

संघीयताको मोडेल, राज्य पुर्नसंरचना, निर्वाचन प्रणाली, राजनैतिक संसकार, दलभित्रको लोकतन्त्र र अवस्था परिवर्तनका बिषयमा पुस्तक सहित सयौ लेखहरु लेखेका देवकोटाले सांसदहरुलाई बिभिन्न बिषयमा अभिमुखिकरण समेत गर्दै आएका छन् ।

पद नपाउदा पनि बाँच्न सकिन्छ भन्ने भाव संप्रेषण गर्दै आएका देवकोटा केहि समय यता छांयामा परेजस्तो भएका थिए । आलोचनात्मक चेत सहित नेतृत्वको प्रतिरक्षा गर्न सिपालु मानिने देवकोटा माओवादी कार्यकर्ताका बिच लोकप्रिय देखिन्छन ।

 

वि.सं.२०८० साउन ३० मंगलवार १३:५८ मा प्रकाशित

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) बाट...