
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संबद्ध नेपाल बुद्धिजीवी संगठनको फ्याक्सन ईन्चार्जमा नेता खिमलाल देवकोटा तोकिएका छन् ।
माओवादीभित्र उच्च बौद्धिक क्षमता र राजनैतिक सभ्यता बोकेको नेताका रुपमा स्थापीत उनलाई माओवादी पदाधिकारी बैठकले सो संगठनको ईन्चार्जका रुपमा तोकेको हो ।
गण्डकी प्रदेश कास्किको लुम्लेमा जन्मिएका उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा जोडिएर महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका छन् । जनयुद्धको शुरुवातीताका जनअधिकार अभियानमार्फत क्रियाशिल रहेका उनले माओवादी जनसरकारका अन्तरिम बिधान बनाउनेदेखि शान्तिवार्तामा प्रचण्ड बाबुरामको बिशेष सहयोगीका रुपमा बिभिन्न जिम्मेवारी पूरा गरेका छन् ।
शान्तिवार्ता सहजीकरण, वातावरण निर्माण र संबिधान लेखनसम्म आईपुग्दा उनले सो पार्टीमा बिशेष पहिचान बनाएका थिए ।
संघीयताको मोडेल, राज्य पुर्नसंरचना, निर्वाचन प्रणाली, राजनैतिक संसकार, दलभित्रको लोकतन्त्र र अवस्था परिवर्तनका बिषयमा पुस्तक सहित सयौ लेखहरु लेखेका देवकोटाले सांसदहरुलाई बिभिन्न बिषयमा अभिमुखिकरण समेत गर्दै आएका छन् ।
पद नपाउदा पनि बाँच्न सकिन्छ भन्ने भाव संप्रेषण गर्दै आएका देवकोटा केहि समय यता छांयामा परेजस्तो भएका थिए । आलोचनात्मक चेत सहित नेतृत्वको प्रतिरक्षा गर्न सिपालु मानिने देवकोटा माओवादी कार्यकर्ताका बिच लोकप्रिय देखिन्छन ।
वि.सं.२०८० साउन ३० मंगलवार १३:५८ मा प्रकाशित