back
CTIZAN AD

सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा

वि.सं.२०८० साउन ३१ बुधवार

1.1K 

shares
काठमाडौं । वैदेशिक रोजगार विभागले स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गर्ने दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाइदिने भनी विज्ञापन गर्दै राहदानी सङ्कलन गरेको भेटिएपछि विभागले क्यापिटल रिक्रुरमेन्ट सर्भिस प्रालि र इगल मेनवापर कन्सल्ट्यान्ट प्रालिलाई आज रु दुई लाख जरिवाना गरेको हो ।
वैदेशिक रोजगारसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबुक, टिकटक)मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने सुयान एजुकेशन प्रालि र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टरको स्थलगत अनुगमन गरी अनुसन्धान भइरहेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
विभागले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न अनुरोधसमेत गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको आकर्षक विज्ञापन गरी नागरिक ठगिनेक्रम बढेको विभागको भनाइ छ । विभागले कानुनविपरीत हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्नसमेत ध्यानाकर्षण गराएको छ ।
रासस/सांकेतिक तस्वीर

वि.सं.२०८० साउन ३१ बुधवार २२:५१ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...