back
CTIZAN AD

४१ करोडभन्दा बढी विधुत् महसुल उठाउन बाँकी, एक सय तीन जना कालोसूचीमा

वि.सं.२०८० साउन ३२ बिहीवार

1.3K 

shares

मलेखु । धादिङमा विद्युत् बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार रु ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ विद्युत् महसुल उठ्न बाँकी देखिएको हो ।

त्यसमध्ये धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगको मात्र रु २७ करोड ५९ लाख ६४ हजार पाँच सय ५६ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत् महसुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।

महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

एक सय तीन जनालाई विद्युत् प्राधिकरणले धादिङमा कालोसूचीमा राखेको छ । विद्युत् लाइन काटेपछि नेपाल विद्युत् प्राधिकरणले रु चार करोड २६ लाख ७४ हजार दुई सय ४० असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका ग्राहकबाट रु ३७ लाख १२ हजार तीन सय एक असुल गर्न बाँकी रहेको छ ।

कालोसूचीमा राखेपछि सरकारी बाँकीसरह असुल गर्ने र तिनपुस्तेमा पर्नेलाई विद्युत् सेवा नदिने नियमसमेत छ । धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।

प्राधिकरण धादिङ शाखाका न्यौपानका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत् चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाहीसमेत गरेको छ । उनीहरुबाट रु १४ लाख ८१ हजार ९६ जरिवाना असुल पनि गरेको छ तर पनि चोरी निर्मुल पार्न सकेको छैन । यसभन्दा अघिल्लो वर्षमा नेपाल विद्युत् प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरेको थियो ।

गत आवमा रु ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत् बिक्री गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ ।
रासस/फाइल फोटो

 

वि.सं.२०८० साउन ३२ बिहीवार ०७:०५ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...