back

सभामुखलाई प्रधानमन्त्रीले भने– सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईं पनि गर्नुस्

वि.सं.२०८० भदौ १ शुक्रवार

42 

shares

काठमाडौं । लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले भने, “म सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।”

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा सुन बरामद गरेको थियो । साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगातार सङ्घीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन । सरकारले भने सरकारी निकाय र अङ्गले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ ।

आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए। “माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन”, सभामुख घिमिरेले भने, “आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।”

सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरे। उनले भने, “सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर परिणाम निस्किन सकेन । शीर्षनेताहरू घन्टौँ बस्दा पनि सहमति भएन ।”

वि.सं.२०८० भदौ १ शुक्रवार ११:१४ मा प्रकाशित

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर...

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...