back
CTIZAN AD

सभामुखलाई प्रधानमन्त्रीले भने– सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईं पनि गर्नुस्

वि.सं.२०८० भदौ १ शुक्रवार

933 

shares

काठमाडौं । लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । उनले भने, “म सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।”

राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा सुन बरामद गरेको थियो । साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगातार सङ्घीय संसद्का दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । उच्चस्तरीय छानबिन समितिको माग गर्दै भइरहेको अवरोधका कारण सदनको नियमित काम कारबाही अघि बढ्न सकेको छैन । सरकारले भने सरकारी निकाय र अङ्गले नै निष्पक्ष छानबिन गर्ने स्पष्ट पार्दै आएको छ ।

आजको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो भएन भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए। “माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन”, सभामुख घिमिरेले भने, “आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।”

सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरे। उनले भने, “सभामुखको रूपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर परिणाम निस्किन सकेन । शीर्षनेताहरू घन्टौँ बस्दा पनि सहमति भएन ।”

वि.सं.२०८० भदौ १ शुक्रवार ११:१४ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...