back
CTIZAN AD

आजदेखि एभरेष्ट बैंकको ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ शुरु

वि.सं.२०८० भदौ १ शुक्रवार

891 

shares

काठमाडौं । एभरेष्ट बैंकले आउँदै गरेका दसैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘एभरेष्ट फेस्टिम बोनान्जा २०८०’ अफर शुरु गरेको छ । बैंकले तिज, दशैं, तिहार र छठको अवसरमा नेपाली नागरिकका लागि ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’को शुरुवात गरेको हो । उक्त अफर आज शुक्रबारदेखि नै लागू हुने बैंकले जानकारी दिएको छ ।

अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइने बैंकले बताएको छ । साथै सेवा शुल्कमा पनि छुटको व्यवस्था रहेको बैंकको भनाइ छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट शुरु हुनेछ । साथै घर निर्माणका लागि शतप्रतिशतसम्म बैंक लगानी रहने छ । त्यस्तै सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा उपलब्ध गराइने र विद्युतिय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने बैंकको भनाइ छ ।

व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाकोसमेत उपभोग गर्न सकिने बैंकको भनाइ छ । तीन महिनाका लागि लागू हुने अफरमा कृषि, साना तथा मझौला कर्जालगायतमा पनि सहुलियत हुने बैंकको भनाइ छ ।

वि.सं.२०८० भदौ १ शुक्रवार १०:५८ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...