back
CTIZAN AD

विद्युत प्राधिकरणका कर्मचारीको सेवा सुविधा बढ्यो

वि.सं.२०८० भदौ १ शुक्रवार

1.3K 

shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको सेवा सुविधा बृद्धि भएको छ । शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको सेवा सुविधा बृद्धिको घोषणा गरेका हुन् ।

घिसिङले घोषणा गरेअनुसार प्राधिकरणले कर्मचारीहरुले पाइआएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तरता दिएको छ भने महिला कर्मचारीहरुलाई प्रशुति भत्ता सात हजार ५०० बाट बढाएर १५ हजार बनाइएको छ ।

यस्तै, प्राधिकरणले कर्मचारीलाई विद्युतीय सवारी साधन खरिदमा पाँच लाखसम्म अनुदान दिने भएको छ । यसअघि प्राधिकरणले तीन लाख रुपैयाँसम्म अनुदान दिँदै आएको थियो ।

यस्तै, शैक्षिक अनुदान ३० हजार पुर्‍याएको छ भने दैविक प्रकोप अनुदान ४० हजार पुर्‍याएको छ ।

कर्मचारीको निधन भएमा काजक्रिया खर्चसमेत उपलब्ध गराउने व्यवस्था प्राधिकरणले गरेको छ । यस्तै, प्राधिकरणले कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँको समेत व्यवस्था गर्ने भएको छ ।

प्राधिकरणले अफिसमा शिशु स्याहार केन्द्र समेत स्थापना गर्ने भएको छ । जुन घोषणासँगै बालबच्चा भएका कर्मचारीलाई काम गर्न सहज हुनेछ ।

वि.सं.२०८० भदौ १ शुक्रवार १२:३४ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...