back
CTIZAN AD

साइक्लिङ गरेर फर्किएका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको हृदयघातबाट निधन

वि.सं.२०८० भदौ २ शनिवार

1.5K 

shares

वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको आज दिउँसो निधन भएको छ । बाराको गढीमाईसम्म आज बिहान साइक्लिङ गरेर फकिएका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको दिउँसो १ः०० बजेतिर हृदयघातबाट निधन भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

साइक्लिङबाट फर्किएपछि उनी गणस्थित आफ्नै कोठामा आराम गरिरहेका बेला अचानक बेहोस भएका थिए । बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएकामा अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेको प्रजिअ रेग्मीले बताए ।

उनको आजै शव परीक्षण गराई हेलिकोप्टरबाट शव काठमाडौँ पठाउने तयारी भएको प्रजिअ रेग्मीले बताए । नुवाकोट स्थायी घर भएका थपलियाको परिवारजन काठमाडौँमा बस्दै आएको छ । उनी सात महिनाअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरको प्रमुखको जिम्मेवारीमा आएका थिए ।रासस

 

वि.सं.२०८० भदौ २ शनिवार २१:०१ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...