back
CTIZAN AD

चार प्रदेशमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना !

वि.सं.२०८० भदौ ३ आइतवार

1.1K 

shares

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।

यसका साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेकाले अबको तीन दिन बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागको केही स्थानमा र बाँकी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

 

वि.सं.२०८० भदौ ३ आइतवार ०८:४४ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...