back
CTIZAN AD

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै

वि.सं.२०८० भदौ ३ आइतवार

912 

shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको संसद सचिवालयले जनाएको छ । पछिल्लोपटक गएको साउन २९ बसेर स्थागित भएको बैठक आज पुनः बस्न लागेको हो ।

२९ साउनमा बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो । त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि बरामद भएको ६१ किलो सुन प्रकरणको अनुसन्धान गर्न एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

सोही माग लाई आधार बनाएर एमालेले झण्डै एक महिनादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेको विरोधको कारण गएको साउन १० गतेदेखि लगातार संसद बैठक कार्यसूचीमा अघि बढ्न सकेको छैन ।

संसद बैठक अवरुद्ध गर्ने एमालेको भूमिकाको चौतर्फी आलोचना हुँदै आएको छ ।

स्वयं एमाले उपाध्यक्षसमेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलेसमेत संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् ।

आजको बैठकका लागि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेसहित विभिन्न ८ वटा सम्भावित कार्यसूची तय भएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख  घिमिरेबिच संसदको अवरोध हटाउने सम्बन्धी भेटवार्ता समेत भएको थियो ।

वि.सं.२०८० भदौ ३ आइतवार ०९:११ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...