back
CTIZAN AD

संसदीय समितिका सभापतिका लागि आज उम्मेदवारी प्रस्ताव दर्ता र भोली निर्वाचन

वि.सं.२०८० भदौ १० आइतवार

924 

shares

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि आज उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र आजै दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।

सभापतिको उम्मेदवारी आज बिहान ११ बजेदेखि ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू भोली सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।

“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ”, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची बेलुका ४ः३० बजे प्रकाशन गरिनेछ । यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ ।

दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले सोमबार प्रस्तुत गर्नेछन् । समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ ।

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आज बेलुकासम्म सभामुखलाई दिइसक्नुपर्नेछ । तर प्रतिनिधिसभाको सदस्य नरहेका पदेन सदस्यले भने निर्वाचनमा मत दिन पाउने छैनन् ।

समिति सभापतिका लागि एकमात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

वि.सं.२०८० भदौ १० आइतवार ०६:४३ मा प्रकाशित

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु, एक्लै नहिडन सुझाव 

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

दाङ । दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) बाट...

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली । आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन्...