back
CTIZAN AD

गाउँपालिकाले ‘डायलायसिस’ सेवा सुरु गर्ने

वि.सं.२०८० भदौ १० आइतवार

981 

shares

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो ।

करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत लगायतको ध्यानाकर्षण गराइएको थियो । सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलायसिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । उनले भने, “लामो समयको प्रयासले सार्थकता पाएको छ, अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलायसिस सेवा सुरु हुन्छ ।”

मिर्गौला पीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलायसिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरुलाई सहज रुपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ ।

उनले भने, “यहाँका मिर्गौला बिरामीहरु भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलायसिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरुलाई निकै दुःख भइरहेको छ ।”

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर सञ्चालनमा छ । मिर्गाैला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ ।

गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने अध्यक्ष चुमानले बताए । उनले भने, “ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमित रुपमा अस्पतालमै हुनेछ ।”

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फ्त ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । उनले प्रजनन् स्वास्थ्य, पाठेघर ‘क्यान्सर’ परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ १० आइतवार ०६:५४ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...