back

आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटमा नेपाल ब्याटिङ गर्दै

वि.सं.२०८० भदौ १४ बिहीवार

621 

shares

काठमाडौँ । आइसीसी महिला टि-२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन् ।

नेपालको टोलीमा रुविना क्षेत्री बेलबासे (कप्तान), सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

वि.सं.२०८० भदौ १४ बिहीवार ०८:४६ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...