back
CTIZAN AD

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान : प्रचण्ड घट्टडाँडा, अन्य नेता को कहा ?

वि.सं.२०८० भदौ १५ शुक्रवार

1.4K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारदेखि सुरु हुने तीनमहिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’का लागि प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंको चन्द्रागिरी नगरपालिका घट्टडाँडामा जाने भएका छन् ।

सो पार्टीको गत १७ देखि २१ साउनसम्म बसेको चौथो पूर्ण केन्द्रीय समितिको बैठकले तय गरेको भोलीदेखि सुरु हुने उक्त जनतासँग रुपान्तरण अभियानका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धीमा जाने भएका छन् ।

सो अभियानको शनिबार अध्यक्ष प्रचण्डद्वारा पार्टी कार्यालय पेरिसडाँडाबाट अर्चुअल उद्घाटनपछि प्रचण्ड चन्द्रागिरी नगरपालिका २ घट्टडाँडा पार्कमा गएर स्थानीय नेता तथा कार्यकर्तामाझ सम्बोधन गर्नेछन् भने उपाध्यक्ष कृष्ण बहादुर महरा रोल्पाका जेलवाङस्थित सुनछहारी गाउँपालिकामा पुग्नेछन् ।

त्यस्तै अर्का उपाध्यक्ष अग्नि प्रसाद सापकोटा सिन्धुपाल्चोकको लिसखुपाखर ३ र उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, ललितपुरमा जिम्मेवारी परेको छ ।

त्यसैगरी महासचिव देव गुरुङले लम्जुङको सुन्दरबजार नगरपालिका भोटेवडार ८ मा जिम्मेवारी परेको छ भने, उपमहासचिवहरुमा गिरीराजमणि पोखरेल, गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ, वर्षमान पुन काठमाडौँ महानगरपालिका १६, गोंगबु, हरिवोल गजुरेल, कमलामाई नगरपालिका सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी नगरपालिका २ काठमाडौँ, शक्तिबहादुर बस्नेत, भेरी नगरपालिका १, जाजरकोट, मातृका प्रसाद यादव, विरेन्द्रनगर नगरपालिका १, सुर्खेत, सचिवहरुमा दिनानाथ शर्मा, बागलुङ नगरपालिका १२, बागलुङ, चक्रपाणि खनाल, विराटनगर महानगरपालिका १८, मोरङ, देवेन्द्र पौडेल पोखरा महानगरपालिका २०, कास्की, लीलामाणि पोख्रेल, बर्दिबास नगरपालिका, महोत्तरी, गणेश शाह, काठमाडौँ महानगरपालिका १० बानेश्वर, हितमान शाक्य, सिस्ने गाउँपालिका ६, रुकुम पूर्व, हितराज पाण्डे, पालुङटार नगरपालिका ६, गोरखा, डिलाराम आचार्य, धनगढी उपमहानगरपालिका १६, कैलाली, सुरेन्द्र कुमार कार्की, बुद्धशान्ति गाउँपालिका ४, झापा तथा कोषाध्यक्ष, श्रीराम ढकाल लाई चन्द्रागिरी नगरपालिका २, काठमाडौँमा जिम्मेवारी तोकिएको छ ।

 

वि.सं.२०८० भदौ १५ शुक्रवार १५:५२ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...