Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

नगरपालिकाद्वारा लघुउद्यमका नयाँ उद्यमी जनशक्ति तयार



काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्यूटीसियन र मोटरसाइकल वर्कशपको एक/एकमहिना तालिम प्रदान गरेको थियो । त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच/पाँच दिनको तालिम सञ्चालन गरिएको थियो ।

चालिस महिलाका लागि ‘एड्भान्स’ सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक एवं लघुउद्यम विकास कार्यक्रमका स्रोत व्यक्ति सुरज पौडेलले जानकारी दिए । गत आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यक्रम नगरपालिकाका वडा नं ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो ।

नगरपालिकाका चार वडामा नयाँ सिर्जित उद्यमीलाई नगरप्रमुख टोकबहादुर वाइबा र उपप्रमुख विष्णुमणि नेपालले वडास्तरमै प्रमाणपत्र र प्रविधि हस्तान्तरण गरेका छन् । “सीपमूलक तालिमप्राप्त स्थानीयले व्यवहारमा उतार्न प्रतिबद्धता जनाउनुभएको छ, नगरपालिकामा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ”, वाइबाले भने ।

उनले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको ‘एड्भान्स’ तालिम दिने तयारी भएको बताए । सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए । नगरपालिकाले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ । यस्तै नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ ।

यसैगरी नगरपालिकाले सिलाइकटाइ तालिममा सहभागी दुई जनाका लागि एक थानका दरले १८ मेसिन प्रदान गरेको छ । यस्तै चार थान गलैँचा बुन्ने मेसिन र एक सय लिटर क्षमताका १८ पानी ट्याङ्कीसमेत वितरण गरिएको छ ।
रासस


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक