back

सङ्घीयता बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण छ-मन्त्री सिंखडा

वि.सं.२०८० भदौ १८ सोमवार

741 

shares

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सङ्घीयता बलियो बनाउने काममा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् । राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कास्कीले आयोजना गरेको निजामती कर्मचारी फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंखडाले सङ्घीयता कार्यान्वयनमा कर्मचारीहरूको सहयोग महत्त्वपूर्ण रहेको बताइन् ।

स्वास्थ्यका लागि खेल आवश्यक भएको बताउँदै मन्त्री सिंखडाले भनिन्,‘खेलकुद प्रतियोगिताले अन्तर सम्बन्धको काम पनि गर्छ । एक अर्कोमा भएका तिक्तताहरूलाई मेटाउने काम पनि गर्छ । यस्ता प्रकारका प्रतियोगीताहरु हुनु आवश्यक छ ।’

No description available.

गण्डकी प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालय पनि आफूले सम्हालेको बताउँदै उनले खेलकुदका विविध शीर्षकहरूमा बजेट विनियोजन गरी खेलकुदलाई प्राथमिकता दिएको बताइन् । कर्मचारीहरूबिचको यो फुटसल प्रतियोगिताले एक आपसमा एकताको सन्देश दिएको र यसले प्रशासनिक देखि विविध गतिविधिमा सहयोग र सद्भाव देखिने मन्त्री सिंखडाको भनाई थियो ।

व्यवसायिक र सृजनशिल प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती दिवसको अवसरमा राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको प्रतियोगिता २१ गते सम्म पोखरा मुस्ताङ चोक फुटसलमा हुने छ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।

 

वि.सं.२०८० भदौ १८ सोमवार ११:४२ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...