back

नेपालले दियो भारतलाई २३१ रनको चुनौती

वि.सं.२०८० भदौ १८ सोमवार

642 

shares

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २३१ रनको चुनौती दिएको छ । सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो ।

१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।

२५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे । पावर प्लेमा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो ।

९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए ।

गुलसन झाले २३ रन थपे । ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए ।

सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे ।

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने ।

आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए ।

५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए ।

सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसीसँग तालमेल नमिल्दा सन्दीप रनआउट हुन पुगेका थिए । तेस्रो क्रममा आएका भीम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए । रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए ।

करण केसी २ रनमा नटआउट रहे । ललित रावंशी शून्यमै बोल्ड भए ।

भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए । १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे ।

मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १/१ विकेट झारे। कुलदिप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेटविहीन रहे ।

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

वि.सं.२०८० भदौ १८ सोमवार २०:१७ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...