back
CTIZAN AD

तीन वर्षदेखि महिलालाई यौनशोषण गरेको आरोपमा कार्यालय प्रमुख पक्राउ

वि.सं.२०८० भदौ १९ मंगलवार

1K 

shares

चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत चितवनमा आज मिति थप गरी अनुसन्धान अघि बढाइएको छ ।

गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो । ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो । अस्पतालमा क्लिनिककै चिकित्सकले पु¥याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो । नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन् ।रासस

वि.सं.२०८० भदौ १९ मंगलवार ०७:१५ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...