back

झापालाई हराउँदै रेडहर्ष ईलाम ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश

वि.सं.२०८० भदौ १९ मंगलवार

702 

shares

ताप्लेजुङ । इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इलामका आशिष राईले एक गोल गर्दै सुरुआती अग्रता लिए पनि ७५औँ मिनेटमा झापाका ग्लोरीले गोल गर्दै बराबरी गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टिमले निर्धारित समयमै जीतको नतिजा निकाल्न प्रयासरत रहे पनि निर्धारित समय बराबरीमै सकियो ।

टाइब्रेकरमा झापाका मिलन राईको गोल रेडहर्षका गोल किपर विवेक मगरले छेकेपछि इलामलाई सफलता मिलेको हो । झापाका निसान लिम्बू, जीवन गुरुङ, मीलन राई र मनोज राईले गोल गरे भने इलामका विशाल लामा, आसिस लावती, पिकेस लोक्ताम र विवेक मगरले गोल गरे ।

जीतसँगै इलामले बुधबार हुने फाइनल खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी उपाधीको दाबेदार बनेको छ ।

दार्जिलङका सहित यो पटक आठ टिम सहभागी प्रतियोगिता बुधबार सकिँदै छ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमक विद्यालयको खेल मैदानमा भइरहेको छ । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन । तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।
रासस

वि.सं.२०८० भदौ १९ मंगलवार २१:३३ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...