back

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल विजयी, अन्य को -को विजयी भए ?

वि.सं.२०८० भदौ २० बुधवार

696 

shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार सम्पन्न निर्वाचनको मतगणनाको परिणाम अनुसार पाल्पाका कँडेलले आफ्ना प्रतिश्प्रधी प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार कँडेलले ४७९ मत ल्याएर विजयी हुँदा महासचिव शंकर पोखरेल निकट मानिएका रिजालले ४७७ मत प्राप्त गरेका हुन् ।

अध्यक्षमा निर्वाचित कँडेल विष्णु पौडेल निकट मानिन्छन् । साथै एक उपसचिव बाहेक अन्य पदाधिकारी पनि कँडेल प्यानलकै विजयी भएका छन् ।

प्रदेश उपाध्यक्षमा ४५५ महितसहित रुपन्देहीका भोजप्रसाद श्रेष्ठ विजयी हुँदा उनका प्रतिश्प्रर्धी विश्वराज बरालले ३०६ मत प्राप्त गरेका थिए । साथै खुला उपसचिवमा रोल्पाका पुर्णबहादुर बुढामगरले ४१८ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिश्प्रर्धी दुर्गाबहादुर चौधरीले ३९३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महिला उपसचिवमा लिला राना ३५२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिश्प्रधी बसन्ती अधिकारी १ मत कम ल्याएर पराजित भइन् । प्रदेश सचिवमा यसअघि नै लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । उनी पनि कँडेल प्यानलकै हुन् ।

त्यसैगरी लेखा समितिको अध्यक्षमा दामोदर घिमीरे निर्वाचित भएका छन् । निर्वाचनमा १ हजार ५०० मतदाता रहेपनि ९६५ मत खसेको थियो । साथै भुगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । ५ पदाधिकारी र १५ जना खुल्ला सदस्यसहित एमालेको लुम्बनी प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ ।

 

 

वि.सं.२०८० भदौ २० बुधवार ०८:५७ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...