back

विश्वकप एसिया छनोट : नेपाल उपविजेता बन्दै सेमिफाइनमा प्रवेश

वि.सं.२०८० भदौ २० बुधवार

639 

shares
काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल उपविजेता बन्दै सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
दुवै टोलीले समान पाँच खेलमा ९ अङ्क जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ ।
त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड पनि समान तीन खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । हङकङ र थाईल्यान्डबीचको खेल आजै हुनेछ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने युएईले उपविजेतासँग खेल्नेछ ।
यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो ।
रासस/फाइल फोटो

वि.सं.२०८० भदौ २० बुधवार ११:४५ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु...

नेपालसँग कुवेत पराजित

नेपालसँग कुवेत पराजित

काठमाडौँ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया...

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

आइसिसी टी–२०ः नेपाल र कुवेत आमनेसामने

काठमाडौँ । तेस्रो पटक ट्वेन्टी–२० विश्वकपमा सहभागी हुने उद्देश्यका साथ...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी...

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

टी–२० विश्वकपका निम्ति १५ सदस्यीय टोली घोषणा, यी हुन् खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल...