back
CTIZAN AD

अध्येता, पत्रकार र विद्यार्थीका लागि विधागत पत्रकारिता पुस्तक

वि.सं.२०८० भदौ २३ शनिवार

870 

shares
कमलकुमार बस्नेत, काठमाडौँ । आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुप¥यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई सबैजसो क्षेत्रको कम्तीमा आधारभूत ज्ञान वा जानकारी हुन जरुरी हुन्छ ।
सबै क्षेत्रको ज्ञान भए पनि कुनै एक विधामा भने पत्रकार दक्ष या विज्ञ हुनुपर्छ भन्ने मान्यता रहिआएको छ किनभने कुनै एक वा दुई विधामा पोख्त हुने हो भने त्यस्ता पत्रकारले लेख्ने समाचार तुलनात्मकरूपमा सही र तथ्यपरक हुन्छ भन्ने अपेक्षा बढी गर्न सकिन्छ । त्यसैले पनि पत्रकारिता जगत्मा विधागत पत्रकारिता अर्थात कुनै एक विधामा केन्द्रित भएर गरिने पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या बढ्दो छ । त्यसैले पहिलेको पत्रकारितामा पत्रकारले सबथोकको सतही ज्ञान हुन्छ तर कुनै विषयमा पनि विज्ञता हासिल गरेका हुँदैनन् भन्ने गरिएकामा अहिले भने पत्रकारहरूले सबथोकको ज्ञान राख्छन् र कुनै एक विषयमा विज्ञ हुन्छन् पनि भन्न थालिएको छ ।
बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्ट्रारको कार्यालयले हालै प्रकाशन गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ पनि यसैमा केन्द्रित छ । चार सय २५ पृष्ठको यस हाते पुस्तकमा पत्रकारिता क्षेत्रमा लामो अनुभव सँगालेका २० जना लेखकले विधागत पत्रकारिता के हो भन्ने विषयमा आधारभूत जानकारीसँगै आ–आफ्ना परिष्कृत ज्ञान समेटेका छन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, सक्रिय पत्रकार तथा सञ्चारकर्मी, अध्येता तथा विशेषज्ञलाई लक्षित गरी तयार पारिएको हाते पुस्तकमा चलनचल्तीका अधिकांश विधागत पत्रकारितालाई समेट्ने प्रयास गरिएको छ ।
नेपाली पत्रकारिता ‘विधागत पत्रकारिता’ बाटै सुुरुआत भएको पाइन्छ । पछिल्लो समय सञ्चारमाध्यमको बढ्दो सङ्ख्यासँगै विधागत पत्रकारिताले पनि फस्टाउने मौका पाएको छ । सञ्चारमाध्यम पनि विधागत पत्रकारिताअनुसारनै सञ्चालन हुन थालेका छन् । जसमा आर्थिक, वातावरण, स्वास्थ्य, प्रविधि, अपराधलगायतका पत्रकारिता लक्षित सञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।
विधागत पत्रकारिताको क्षेत्र फराकिलो भए पनि नेपालमा भूगोलका हिसाबले काठमाडौँ उपत्यकामा मात्रै सीमित भएको देखिन्छ । काठमाडौँ उपत्यका बाहिरका पत्रकारको हकमा सबै विधामा समाचार लेख्नुपर्ने बाध्यताका बीच यस हाते पुस्तकमा लेखकहरूले पत्रकारले विधागत पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी दिने प्रयास गरेको छ ।
हाते पुस्तकमा लेखक तथा पत्रकारले आआफ्नो विधागत पत्रकारिताको महत्त्व, अनुभव, उक्त क्षेत्रसँग सम्बन्धित आधारभूत ज्ञान, समाचार सङ्कलन तथा लेखन सीप, स्रोतको पहिचान, विविधता, सम्बन्धित विधासँग जोडिने शब्दको चयन र प्रयोग तथा चुनौतीलगायत विषयमा सहज भाषामा बुझाउने प्रयास गरेको छ । साथै विधागत पत्रकारिता गर्न चाहनेका लागि यसको विधि, प्रक्रिया, न्यूनतम आधारभूत ज्ञान, सन्दर्भ सामग्री, शब्दावली चयनलाई पनि मिहिन ढङ्गले प्रकाश पारेको छ ।
खासगरी विधागत पत्रकारितामा पाइला चाल्ने क्रममा रहेका पत्रकार र सक्रिय पत्रकारितामा संलग्नलाई विधागत पत्रकारितालाई अझ परिष्कृत बनाउनका लागि सूचना सङ्कलनदेखि समाचार लेखनमा सहयोगी हुने गरी लेखकहरूले जोड दिएका छन् । साथै सम्बन्धित विधागत पत्रकारिता मुलुक, समाजका लागि किन महत्त्वपूर्ण छ ? साथै सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारको जिम्मेवारी र भूमिका, आचारसहिंता पनि पुस्तकमा समेटिएको छ ।
पत्रकारितालाई निष्पक्ष, वस्तुगत र सन्तुलित ढङ्गले अगाडि बढाउन के कस्ता विषयमा पत्रकारले ध्यान दिने विषयलाई पनि पुस्तकमा समावेश गरिएको छ । पुस्तक विश्वविद्यालयका विद्यार्थीका लागि पठनीय सामग्री बनेको छ भने सक्रिय पत्रकारलाई पुस्तकले मार्गनिर्देश गर्नेछ । साथै अध्येता र विशेषज्ञलाई उपयोगी सामग्री बनेको छ ।
बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा आफ्नै बुझाइका आधारमा विधागत पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या काठमाडौँमा धेरै भएको भन्दै मोफसलमा काम गर्ने पत्रकारले विधागत पत्रकारिता गर्न नपाइरहेको गुनासोका बीच उहाँहरूलाई पनि लक्षित गरी पुस्तक तयार पारिएको बताउँछन् ।
“सूचना प्रविधिको बढ्दो विकास र विस्तारका कारण जिल्ला वा स्थानीय तहमा बसेर पनि विधागत पत्रकारिता गर्न सकिन्छ तर उनीहरूलाई उपयुक्त अध्ययन सामग्रीको खाँचो छ । त्यही खाँचो पूरा गर्न सञ्चार रजिष्ट्रारको कार्यालयले विधागत पत्रकारिता हाते पुस्तक तयार पार्ने एक वर्ष अगाडिको परिकल्पनालाई अहिले साकार रूप दिइएको हो”, उनले भने ।
विधागत पत्रकारिता हाते पुस्तक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, विधागत पत्रकारितामा रुचि राख्ने पत्रकार, अनुज पत्रकार, पत्रकारिता अध्यापन गराउने प्राध्यापक र पत्रकारितामा चासो राख्ने सबैका लागि उपयोगी हुने गरी तयार गरिएको छ । विश्वविद्यालयहरूले विधागत पत्रकारिता पुस्तकलाई अध्ययन सामग्रीकारूपमा उपयोग गर्ने उनको विश्वास छ ।
“जहाँ अभाव छ, त्यहाँ प्रादेशिक संरचनाले काम गर्नुपर्छ भन्नेमा गहिरो विश्वास राख्छु । त्यही विश्वासका आधारमा काम गर्दै आएको छु । सङ्घीय सरकारको प्राथमिकतामा नपरेका तर राष्ट्रिय आवश्यकता भएका विषय केन्द्रित गरेर नै सञ्चार रजिष्ट्रारको कार्यालयले काम गरिरहेको छ”, उनले भने ।
पुस्तकमा नेपाली पत्रकारितामा प्रचलित धेरै विधालाई समेट्ने प्रयास भए पनि वातावरण, जलवायु, शिक्षा, द्वन्द्वलगायत केही महत्त्वपूर्ण विषय भने छुटेका छन् । त्यसो त आर्थिक पत्रकारिता अन्तर्गतकै पूँजी बजारलाई छुट्टै लेखका रूपमा स्थान दिँदा त्यसबारे गरिहाइमा बुझ्न पनि सजिलो बनाइदिएको छ । सबै विधालाई पुस्तकमा नसमेटिएकोबारे कार्यालयले स्वीकार गर्दै यसको कारण पनि बताइसकेको छ । यद्यपि कार्यालयले विधागत पत्रकारिताको विकासका लागि गरेको यो प्रयास भने आफैमा सराहनीय मान्न सकिन्छ ।
पत्रकार विनोद ढुङ्गेलले सम्पादन गरेको सो पुस्तकमा रामकृष्ण रेग्मीले ‘राजनीतिक पत्रकारिता’, ध्रुवहरि अधिकारीले ‘परराष्ट्र तथा कूटनीतिक मामिला’, डा सुरेश आचार्यले ‘विकास पत्रकारिता’, एकराज पाठकले ‘स्वास्थ्य मामिलासम्बन्धी पत्रकारिता’, अनन्तराज लुइँटेलले ‘कानुन तथा अदालती पत्रकारिता’, केपी ढुङ्गानाले ‘अपराध मामिला रिपोर्टिङ’, हरिबहादुर थापाले भ्रष्टाचारका समाचार’ र श्रीराम पौडेलले ‘प्रदेश र स्थानीय तहको रिपोर्टिङ’ शीर्षकअन्तर्गत सम्बन्धित विधाको पत्रकारिता, यसको परिचय, सम्भावना, चुनौती तथा अवसरका साथै स्रोत, सूचना सङ्कलन, लेखनका विधिबारे पनि प्रष्ट पारिएको छ ।
त्यसैगरी पत्रकार कुबेर चालिसेले ‘आर्थिक पत्रकारिता’, मुराहरी पराजुलीले ‘शेयर बजार रिपोर्टिङ’, विकास थापाले ‘ऊर्जा र जलस्रोत पत्रकारिता’, डा बद्रीप्रकाश ओझाले ‘कृषि मामिलाका समाचार’, दीपक सापकोटाले ‘विपद् मामिला पत्रकारिता’, कपिल काफ्लेले ‘मानवअधिकार पत्रकारिता’, नितु पण्डितले ‘महिला तथा बालबालिका मामिला रिपोर्टिङ’, कुमार यात्रुले ‘परम्परागत आदिवासी मामिला’, छत्र कार्कीले ‘विज्ञान–प्रविधि पत्रकारिता’, रोशन राउतले ‘खेलकुद पत्रकारिता’, रामनाथ घिमिरेले ‘कला तथा मनोरञ्जन पत्रकारिता’का शीर्षकमा विधागत पत्रकारिताका चुनौती, सम्भावना, विधि र प्रक्रिया, शब्दावली चयन र तिनको सही प्रयोग, कानूनी व्यवस्था र यसले समाजमा पार्ने प्रभाव र महत्वबारे उल्लेख गरिएको छ ।
रासस

वि.सं.२०८० भदौ २३ शनिवार ११:१८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...