back
CTIZAN AD

ग्रेट हिमालयन ट्रेल पदयात्रा ताप्लेजुङदेखि सुरु

वि.सं.२०८० भदौ २८ बिहीवार

1K 

shares

फुङ्लिङ (ताप्लेजुङ) । बृहत् पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । सो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन् ।

प्राकृतिक सुन्दरताको अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा सो पदयात्रा पर्दै गएको हो । दुई विदेशी नागरिकसहितको टोली ग्रेट हिमालयन ट्रेल पदमार्गमा भ्रमणका लागि ताप्लेजुङबाट आज घुन्सा प्रस्थान गरेको छ ।

स्लोभेनियाका ६७ वर्षका मारिया आन्द्रेको नेतृत्वमा ग्रेट हिमालय ट्रायल पदमार्गका लागि यात्रा सुरु गरिएको हो । उनले यसअघि नै सगरमाथासहित आठ हिमालसमेत सफल आरोहण गरिसकेकी आन्द्रेले बताइन् ।

सन् १९९१ मा ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल सफल आरोहण गरिसकेकी आन्द्रेले अहिले ग्रेट हिमालयन ट्रेल पदयात्रा गर्न नेपाल आएको बताइन् ।

हिमालयन ट्रेलको पदयात्रा गराउनका लागि सोलुखुम्बुका इनसुहाङ राई गाइड(पथ प्रदर्शक) रहेका छन् । राईका अनुसार एक सय १५ देखि एक सय २० दिन सम्ममा ग्रेट हिमालय ट्रेलको पदयात्रा पूरा गर्ने योजना रहेको छ । दुई विदेशी नागरिक, आवश्यक सामग्री बोक्ने शेर्पा र एक पथप्रदर्शक गरी पदमार्गमा यात्रा पूरा गर्नका लागि रु ५० लाखदेखि ६० लाख खर्च हुने अनुमान गरिएको राईले बताए ।

गत साता तीन विदेशी नागरिकलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट सुखद भ्रमणको कामनासहित बिदाइ गरिएको थियो । टोलीमा दुई जर्मनी नागरिक लुकास र आन्ना तथा एक अष्टे«लियाली नागरिक क्रिष्टोफर गे्रट हिमालय ट्रेल पदयात्रा गर्न ताप्लेजुङ पुगेकी थिइन् । उनीहरुलाई फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले भ्रमणका लागि आएकामा स्वागत गर्दै भ्रमण सफलताको कामनासहित बिदाइ गरेका थिए ।

भ्रमण टोली ग्रेट हिमालयन ट्रेलअन्तर्गत कञ्चनजङ्घा बेसक्याम्प घुन्साबाट ओलाङचुङ्गोला हुँदै लुम्बासुम्बा हिमालबाट सङ्खुवासभाको मकालु बेस क्याम्पतर्फ जाने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङ नुपुले जानकारी दिए । उनीहरुको भ्रमण ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग क्षेत्रमै केन्द्रित हुने जानकारी आफूले पाएकोसमेत उनीहरुले बताए ।

ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब एक सय ५० दिन आवश्यकपर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङले सुनाए । टोली फुङ्लिङबाट पदमार्ग हुँदै हाङ्देवा-मितलुङ-सिँवा-छिरुवातर्फ अघि बढेको छ । सडक सञ्जाल स्थापित हुनु अघि विदेशी पर्यटकले कञ्चनजङ्घातर्फ जान प्रयोग गर्ने यही मार्ग हो । पदमार्ग मात्र हुँदा विदेशी पर्यटकले सदरमुकाम फुङ्लिङबाट लेलेपतर्फको पदमार्ग प्रयोग गर्दा पहिलो क्याम्पका रुपमा मितलुङ, दोस्रो छिरुवा र तेस्रो लेलेपलाई प्रयोग गर्ने गरेका थिए ।

करिब चार हजार पाँच सय किमी लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करिब एक हजार सात सय किमी भाग पर्छ । यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजङ्घादेखि पश्चिममा दार्चुलासम्मको भूभाग ओगटेको छ । नेपालभित्र मुख्य १० क्षेत्रलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो ।

ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ । ताप्लेजुङमा पर्यटकको चहलपहल हुन थालेसँगै पर्यटन व्यवसायी, होटल सञ्चालक तथा यातायात व्यवसायी उत्साहित भएको होटल व्यवसायी विमल भण्डारीले बताए ।

रासस/फाइल फोटो

वि.सं.२०८० भदौ २८ बिहीवार १५:०८ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...