back
CTIZAN AD

मेयर बालेन टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा

वि.सं.२०८० भदौ २८ बिहीवार

732 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् ।

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाइृ बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो ।

स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख शाहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।

गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख शाहले फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिवद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ ।

साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ । प्रमुख शाहले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।

वि.सं.२०८० भदौ २८ बिहीवार १५:३२ मा प्रकाशित

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...