back

आगामी हप्तादेखि रियालिटी शो ’एनआरएन द सिङगर’ को पहिलो प्रस्तुति

वि.सं.२०८० असोज २ मंगलवार

99 

shares

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा पहिलोपटक आयोजना हुन लागेको रियालिटि शो ‘एनआरएन द सिङगर’ को पहिलो प्रस्तुति आगामी हप्तादेखि शुरु हुने भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए संस्कृति तथा सम्पदा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द प्रसाद गौतमका अनुसार पहिलो शो आगामी आइतबारदेखि रेर्कडिङ गरिने भएको छ ।

सो प्रतियोगितमा ६ महादेशका करिब ५ दर्जन प्रतियोगीहरु सहभागी हुने अपेक्षा गरिएको छ । गैरआवासीय नेपाली संघका अनुसार सो प्रतियोगतमा भाग लिन चाहने १५ वर्ष भन्दा माथिका प्रतियोगीहरुले सेप्टेम्बर २२ तारिखभित्र आआफ्नो नाम दर्ता गरि सक्नुपर्ने हुन्छ ।

‘एनआरएन द सिङ्गर’ नामक सिंगीङ रियलिटी शो कोभिड महामारी र यसबाट विश्व अर्थतन्त्रमा परेको प्रत्यक्ष प्रभावको कारण स्थगित गरिएको थियो । उक्त कार्यक्रम संघको ११ औं विश्व सम्मेलन तथा महाधिवेशनकोे अवसर पारेर पुनः संचालन गर्ने निर्णय गरिएको हो ।

राजधानी काठमाण्डौमा फाइनल प्रतियोगिता सम्पन्न हुने कार्यक्रममा संघका सबै राष्ट्रिय समन्वय परिषद (एनसीसीे) हरूलाई प्रतियोगी छनोट गरेर पठाउन संघले आव्हान गरेको छ ।
कार्यक्रम संयोजक गौतमले प्रतियोगितमा नयाँ ंपुस्ताको सहभागिताले कार्यक्रमप्रति थप विश्वास बढेर जाने बताए ।

प्रतियोगिताको लागि वरिष्ठ गायक शम्भु राई, गायिका शर्मिला बर्देवा र संगितकार रुपक कुमार शाही समेत रहेको निर्णायक मण्डल गठन गरिएको छ ।
कार्यक्रममा विजेता तथा उपविजेताहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।
कार्यक्रमको व्यवस्थापनको जिम्मा युनिटेक कम्पनी काठमाण्डौले लिएको छ ।

 

वि.सं.२०८० असोज २ मंगलवार ०७:५० मा प्रकाशित

अनलाइनबाट सामान किन्दा यसरी ठगी गर्न सक्छन्, सचेत हुनुहोस्

अनलाइनबाट सामान किन्दा यसरी ठगी गर्न सक्छन्, सचेत हुनुहोस्

काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई...

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...