back
CTIZAN AD

आज जनक्रान्तिबाट प्राप्त उपलब्धि संविधानको दस्तावेजका रूपमा संस्थागत भएको दिन हो : उपसभामुख राना

वि.सं.२०८० असोज ३ बुधवार

957 

shares

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आजको दिन ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धि नेपालको संविधानको दस्तावेजका रूपमा संस्थागत भएको बताएकी छन् ।

उपसभामुख रानाले संविधान दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा दिने विश्वास लिएको बताएकी छन् ।

उपसभामुख रानाले विभिन्न ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालगायतका उपलब्धिलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गरिएको उल्लेख गर्दै नागरिकका मौलिक हक, अधिकार र स्वतन्त्रता पनि संविधानले सुनिश्चित गरेको बताएकी छन् ।

“संविधान जारी भएको आठ वर्षको अवधिमा सङ्घीय संसद्ले थुप्रै ऐन, कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको छ । सङ्घीयता कार्यान्वयनका लागि आवश्यक केही कानुन बन्ने क्रममै छन् । संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय भइरहने छ”, उनले सन्देशमा उल्लेख गरेकी छन् ।

वि.सं.२०८० असोज ३ बुधवार १०:२३ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...