
काठमाडौं । बारामा टाटासुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । निजगढबाट काठमाडौं आउँदै गरेको ना १ ज ३८४७ नम्बरको टाटा सुमो बुधबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा दुर्घटना भएको हो ।
चालकले ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको बताएको प्रहरीले जनाएको छ । गाडी चालक निजगढ नगरपालिका–९ बस्ने दिलबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरु सबै खतरा मुक्त छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० असोज ४ बिहीवार ०६:५२ मा प्रकाशित