back
CTIZAN AD

गैरआवासीय नेपाली नागरिकता नियमावली राजपत्रमा, एनआरएनएद्वारा स्वागत

वि.सं.२०८० असोज ५ शुक्रवार

846 

shares

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

सरकारले बिहीबार नियमावली जारी गरेसँगै विदेशमा बस्ने नेपालीले प्रक्रिया पूरा गरेर नेपाली नागरिकता लिन पाउने बाटो खुलेको हो । नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएसँगै संसारका विभिन्न देशमा रहेका नेपाली तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ताहरुले यसको स्वागत गरेका छन् ।

नगरिकता लिनका लागि विदेशमा बस्ने नेपालीले जिल्ला प्रशासन कार्यालय, विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा महावाणिज्य दूतको कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था उक्त नियमावलीमा रहेको छ ।

उक्त नियमावली अनुसार गैरआवासीय नेपाली नागरिकले आफु वा आफ्नो बुवा, आमा, बाजे वा बज्यैमध्ये कोही एकको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा नागरिकता लिन पाउने जनाइएको छ । हाल साथमा रहेको परिवारको विवरण र संख्या, विदेशी मुलुकको नागरिकताको प्रमाणपत्र, नागरिकता लिएको मिति र उक्त नागरिकताको प्रतिलिपी, राहदानीको प्रतिलिपि र आफु बसेको देशको स्थायी बसोबार गरेको प्ररा ठेगाना निवेदनमा पेश गर्नुपर्नेछ ।

एनआरएनए अध्यक्ष कूल आर्चायद्वारा आभार
सरकारले गैरआवासीय नेपाली नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेपछि गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले आभार व्यक्त गरेका छन् ।

एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको बताउँदै उनले भनेका छन् ‘गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानसहितको नियमावली आज नेपाल राजपत्रमा प्रकाशित भएको बताउँदै यो उपलब्धिका लागि संसारभरि रहेका एनआरएन मित्रहरुलाई म हार्दिक बधाई दिन चाहन्छु। साथै, गैरआवासीय नेपाली नागरिकतालाई व्यवहारमा परिणत गर्न सघाउने नेपाल सरकारका सबै निकाय, माननीय साम्सदज्यूहरु तथा राजनीतिक दलका सबै नेतृत्व गणप्रति हार्दिक आभार व्यक्त गर्दछु । प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको हकका लागि हाम्रो प्रयास जारी रहने पनि दोहोराउन चाहन्छु।’

लामो संघर्षपछिको उपलब्धि–उपाध्यक्ष, राजेन्द्र कुमार शर्मा
त्यसैगरी संघका उपाध्यक्ष राजेन्द्र कुमार शर्माले पनि गैरआवासीय नेपाली नागरिकता दिने कानुनी व्यवस्था राजपत्रमा प्रकाशित हुनु लामो संघर्षपछिको उपलब्धि भएको बताएका छन् ।

‘यसको लागि सबै गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीलाई बधाई दिन चाहन्छु । गैरआवासीय नेपाली अभियानको लामो समयदेखिको संघर्षपछि अहिलेको उपलब्धि हासिल भएको छ । गैरआवासीय नागरिकता विधेयक बन्ने बेलादेखि लागू हुने बेलासम्म सहयोग गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू,माननीय मन्त्रीज्यूहरू तथा सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अहिलेको उपलब्धि गैरआवासीय नागरिकता भए पनि हाम्रो गन्तव्य वंशजको नागरिकताको निरन्तरता नै हो ।’ २०२३–१५ का लागि संघको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शर्माले भनेका छन् ।

बंसजका आधारमा नेपाली नागरिकताा पाउनु पर्छ– अध्यक्ष, एनआरएनए बेल्जियम
त्यसैगरी एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटाले पनि गैरआवासीय नेपाली नागरिकता राजपत्रमा प्रकाशित भएकोमा खुसी व्यक्त गरेकी छन् ।

सापकोटाले गैरआवासीय नेपाली अभियानमा लामो समयदेखिको संघर्ष पछि यो उपलब्धि हासिल भएको बताउँदै आफुहरुको लडाई यत्तिमा मात्र सिमित नरही बंसजका आधारमा नेपाली नागरिका पाउनु पर्छ भन्ने रहेको बताएकी छन् ।

‘हाम्रो लड़ाई र प्राप्ति यत्ती मात्रै हैन, बंसजका आधारमा नेपाली नागरिका पाउनु पर्छ भन्ने हाम्रो लडाई हो,तथापी हदसम्म राहत मिलेको छ । गैरआवासीय नेपाली नागरिकता दिने कानुनी व्यवस्था राजपत्रमा प्रकाशित भएको खुशियालीमा सर्वप्रथमतः सबै गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक बधाई दिन चाहन्छु । गैरआवासीय नेपाली अभियानमा लामो समयदेखिको संघर्ष पछि यो उपलब्धि हासिल भएको छ । यो अभियानमा निरन्तर लाग्नु हुने अभियान्ता, राजनितिक दलहरु, तथा सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ सापकोटाले भनेकी छन् ।

वि.सं.२०८० असोज ५ शुक्रवार १४:०६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...