back
CTIZAN AD

बेलायतमा रहेका तेक्वान्दो प्रशिक्षक राष्ट्र राईको निधन

वि.सं.२०८० असोज ५ शुक्रवार

984 

shares

लन्डन । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक राष्ट्र राईको हृदयघातका कारण निधन भएको छ ।

बिहीबार आर्मी जिम हल ब्रामटनमा ब्याटमिन्टन खेलेर घर फर्किएपछि एक्कासी अस्वस्थ भएका ५८ वर्षीय राईको अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिएक छन् । आर्मीमै फिजिकल इन्स्ट्रक्टर रहेका राई तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् ।

राई एनआरएनए यूके स्पोर्ट्स कोअर्डिनेसन काउन्सिलका संयोजक, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)का सक्रिय सदस्य पनि थिए ।

गोर्खालीका एक धरोहर, निडर, स्पष्ट वक्ता, बहुमुखी प्रतिभाशाली राई चित्रकार पनि थिए । पूर्वबेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

वि.सं.२०८० असोज ५ शुक्रवार १४:१८ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...