back

बेलायतमा रहेका तेक्वान्दो प्रशिक्षक राष्ट्र राईको निधन

वि.सं.२०८० असोज ५ शुक्रवार

153 

shares

लन्डन । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक राष्ट्र राईको हृदयघातका कारण निधन भएको छ ।

बिहीबार आर्मी जिम हल ब्रामटनमा ब्याटमिन्टन खेलेर घर फर्किएपछि एक्कासी अस्वस्थ भएका ५८ वर्षीय राईको अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिएक छन् । आर्मीमै फिजिकल इन्स्ट्रक्टर रहेका राई तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् ।

राई एनआरएनए यूके स्पोर्ट्स कोअर्डिनेसन काउन्सिलका संयोजक, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)का सक्रिय सदस्य पनि थिए ।

गोर्खालीका एक धरोहर, निडर, स्पष्ट वक्ता, बहुमुखी प्रतिभाशाली राई चित्रकार पनि थिए । पूर्वबेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

वि.सं.२०८० असोज ५ शुक्रवार १४:१८ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...