back
CTIZAN AD

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

वि.सं.२०८२ चैत १३ शुक्रवार

1.7K 

shares

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउँदै गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा जुटेकी छिन्।

हाल अमेरिकामा अध्ययनरत पाण्डे Goshen College मा फिल्म र थियटर विषयमा अध्ययन गरिरहेकी छन्। उत्कृष्ट नतिजासहित उनले ‘Dean’s List’ मा स्थान बनाउन सफल भएकी छन्।

नेपालबाट म्युजिक भिडियोमार्फत करियर सुरु गरेकी उनी पछि मुम्बई पुगेर मोडलिङ तथा विज्ञापन क्षेत्रमा सक्रिय बनेकी थिइन्। विभिन्न पत्रिकाहरूमा कभर पाइसकेकी पाण्डेले अभिनयतर्फ पनि आफ्नो उपस्थिति मजबुत बनाएकी छन्।

उनले William Shakespeare का नाटकहरूमा अभिनय गरेकी छन् भने ‘Romeo and Juliet’ मा उनको भूमिका चर्चित रह्यो। साथै Arkansas State University मा अध्ययनका क्रममा ‘Grounded’ एकल नाटकमा उनले अभिनय गरेकी थिइन्। हाल ‘Poor Clare’ नाटकको तयारीमा रहेकी छन्।

अभिनयसँगै उनी निर्देशन र लेखनमा पनि सक्रिय छिन्। उनले ‘2 Faced’, ‘Price of Solitude’, ‘Who is She?’ जस्ता प्रोजेक्ट निर्देशन गरिसकेकी छन् भने ‘Erased: The Final Draft’ निर्माणाधीन छ।

सन् २०२६ मेदेखि उनले Guinness World Records अन्तर्गत विभिन्न चुनौतीहरू सुरु गर्ने योजना बनाएकी छन्। जसमा २४ घण्टामा ३०० मोनोलग, लामो एकल नाटक, भारतीय शैलीको नृत्य तथा सेल्फी च्यालेन्जमार्फत Akshay Kumar को रेकर्डलाई चुनौती दिने लक्ष्य रहेको छ।

उनले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालका प्रतिनिधिका रूपमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताएकी छन्।

 

वि.सं.२०८२ चैत १३ शुक्रवार १२:०४ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...