back

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

वि.सं.२०८० असोज ६ शनिवार

669 

shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को २० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गरे ।

उनले सोका लागि सरकारले सहजीकरण गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संसद्मा पुगेको विधेयकबारे सम्बन्धित समितिले गम्भीर छलफल गरेर सहमतिका आधारमा निष्कर्ष निकाल्ने बताए ।

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सरकार शैक्षिक सरोकारका विषयमा संवेदनशील नभएकाले शिक्षकले आन्दोलन गर्न बाध्य हुनुपरेको टिप्पणी गरे । नेकपा (माआवादी केन्द्र) का नेता दिनानाथ शर्माले लामो समयको प्रतीक्षापछि शिक्षा विधेयक तयार हुनु सकारात्मक भएको र यसलाई राजनीतिक दल र सांसदले गहन छलफल गरेर भविष्यका कर्णधारको गुणस्तरीय शिक्षाको अधिकार स्थापित गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष गौरी प्रधान, भूपराज खड्का, दीर्घनारायण श्रेष्ठ, राजकुमार गन्धर्व, डिल्लीराम भट्टराईलगायतलाई सम्मान गरिएको थियो । नेपाल सरकारसँग शुक्रबार छबुँदे सहमतिपछि महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो ।

वि.सं.२०८० असोज ६ शनिवार १८:२५ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...