back

पोखरामा म्याद गुर्जिएका सामान बिक्री गर्ने पसलेलाई नगद जरिवाना

वि.सं.२०८० असोज ८ सोमवार

591 

shares

कास्की । पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ ।

जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि रु ५० हजार जरिवाना गरेको हो ।

सो स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र आठ लिटर हेलो तेल गरी २१ पोका खानेतेलसहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो नौ सय ग्राम सुपारी र केही कुहेको नरिवल फेला परेको थियो । ती सबै सामग्री अनुगमन समितिले नष्ट गरेको छ ।

स्टोर्समा बिक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको तीन बोतल फ्यान्टा, प्रतिकिलो रु ९७ मा खरिद गरेको चिनी रु एक सय २० मा बिक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनका अनुसार समितिले स्टोर्सका सञ्चालक विवेककुमार गुप्तालाई तीनदिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ । त्यसैगरी समितिले पोखरा–५ प्रस्र्याङमा रहेको केसी स्टोर्सलाई रु १५ हजार जरिवाना गरेको छ ।

स्टोर्सले नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि तीन दिनभित्र प्रशासनमा हाजिर हुन सञ्चालक तेजवहादुर केसीलाई निर्देशन दिएको छ । त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोर्समा लेभल नलगाएको किरा परेको ओखर र कपुर फेला पारेको बताइन्छ ।

पोखराका दुई दर्जन खाद्य स्टोर्सको बारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको बताइन्छ । मुख्य चाडपर्व सुरु भएसँगै स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

वि.सं.२०८० असोज ८ सोमवार १०:२३ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...