
काठमाडौं । नेपालमा चिनियाँ भाषा सिकाउँन चिनियाँहरु नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा यसबारे सम्झौता भएको हो ।
नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङद्वारा जारी संयुक्त बक्तब्यमा नेपालीलाई चिनियाँ भाषा सिकाउँन चिनियाँहरु नेपाल आउने समझदारी भएको उल्लेख छ । सम्झौतामा चिनियाँ पक्षले नेपालमा थप चिनियाँ भाषा परीक्षण सेवा उपलब्ध गराउने, र चिनियाँ भाषा शिक्षक र स्वयंसेवकहरूलाई नेपालमा पठाएर नेपालमा चिनियाँ भाषा शिक्षालाई सहयोग गर्ने उल्लेख छ ।
दुवै पक्षले चीन-नेपाल सांस्कृतिक आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्न नेपालमा चिनियाँ सांस्कृतिक केन्द्र, कन्फ्युसियस संस्थान र कन्फ्युसियस कक्षाको भूमिकालाई निरन्तरता दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
वि.सं.२०८० असोज ९ मंगलवार १३:०५ मा प्रकाशित