back

विदेशी पर्यटकलाई नाकामा स्वागत

वि.सं.२०८० असोज १० बुधवार

1.1K 

shares
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ ।
गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भीमदत्त नगरपालिका र होटेल व्यवसायी सङ्घ कञ्चनपुरले नाकामा फूलमाला तथा ढाका टोपी लगाएर स्वागत गरेको हो । दिवसका अवसरमा नगर प्रमुख पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इजरायली नागरिक सियाल र विभानलाई नाकामा स्वागत गरे ।
स्वागत कार्यक्रममा नगरप्रमुख बोगटीले नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गरे । “यहाँका पर्यटकिय स्थलहरुको प्रचारप्रसार र विकासमा नगरपालिकाले कुनै कमी गर्ने छैन”, उनले भने, “यहाँको पर्यटन विकास गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”
होटल व्यवसायि सङ्घ कञचनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा कञ्चनपुरका थुपै्र पर्यटकीय क्षेत्र ओझेलमा परेको बताए । “यो नाका विदेशी पर्यटक आउने प्रमुख नाका हो”, उनले भने, “यहाँका पर्यटकियस्थलहरुको प्रचारप्रसार हुन नसक्दा यहाँबाट अन्यन्त्र घुम्न जाने गरेका छन् ।”
अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरुको सङ्ख्या बढेको बताए । “अहिले विदेशी पर्यटकहरु आउने सङ्ख्या बढेको छ”, उनले भने, “गत वर्षभन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।”
अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ विदेशी पर्यटक भित्रिएका छन् । सप्टेम्बरमा मात्रै एक सय ५४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
रासस

वि.सं.२०८० असोज १० बुधवार १४:५० मा प्रकाशित

Himalayan Life AD
पाकेर झुलिसकेको धान भित्र्याउन नसकिएपछि किसान चिन्तित

पाकेर झुलिसकेको धान भित्र्याउन नसकिएपछि किसान चिन्तित

सुदूरपश्चिम । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण...

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते...

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा...

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण...

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शन : शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति...

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

एक लाख घुससहित पालिकाका लेखा प्रमुख पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको...